झापा । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर गोल्डकपको पाँचौ संस्करण फागुन २४ देखि चैत २ गतेसम्म हुने भएको छ । काँकडभिट्टा खेल मैदानमा नकआउट प्रद्धतिमा सञ्चालन गरिने प्रतियोगितामा आयोजक ‘ए’ डिभिजनका तीन, दुई भारतीय र नेपाल सुपर लिग(एनएसएल)को एकसहित आठ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, भारतका जर्जियन युनाइटेड र ग्लोबल एफसी, एनएसएल टाेली झापा एफसी, आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा धरान फुटबल क्लबले प्रतिस्पर्धा गर्ने झापा जिल्ला फुटबल संघका अध्यक्ष भागीरथ आलेले जानकारी दिए ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्रविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रुपौयाँ प्राप्त गर्नेछन् ।
यसैगरी होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई समान २१ हजार तथा उदियमान खेलाडीलाई १५ हजार रुपौयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितालाई मेची नेत्रालय र काँकडभिट्टा आइ केयर सेन्टरले प्रायोजकका रूपमा साथ दिनेछन् ।
मेचीनगर नगरपालिकका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले झापा नेपाली फुटबलको उर्वरभूमी रहेकाले यो प्रतियोगिता सफल पार्ने पूर्णरूपमा सयोज गर्ने प्रतिबद्धता जनाए ।
‘ झापा जिल्ला फुबटबलको उर्भरभूमी हो । यहाँबाट धेरै ख्यातीप्राप्त खेलाडी उत्पादन भएका छन् । यो प्रतियोगिताले पनि नयाँ खेलाडी उत्पादन गर्ने विश्वास छ । प्रतियोगिता सफल पार्न नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ,’ नगरप्रमुख बुढाथोकीले भने ।
प्रतियोगिताको संकरक्षकमा मेचीनगर नगरपालिका छ ।