झापा । ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। फिनाले शनिबार सम्पन्न भयो, जहाँ उनले सर्वाधिक भोट प्राप्त गरी १० लाख रुपैयाँ नगद र अन्य पुरस्कारहरू हात पारिन् ।
सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतको अतिथिले पुरस्कार प्रदान गरे ।
कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।