Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    ८ भाद्र २०८२, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट५ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ, भदौ ८ ।

    नेपालको संविधान जारी भएको एक दशक पुरा भएको अवसरमा सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ लाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो।

    २०७२ असोज ३ गते जनताबाट निर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाउने गरिन्छ।

    यस वर्ष संविधान जारी भएको दस वर्ष पूरा भएकाले दिवसलाई हर्षाेल्लासपूर्ण र भव्य बनाउन त्रिदिवसीय कार्यक्रम गर्ने निर्णय भएको छ। असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगमा दीपावलीसहित विविध कार्यक्रम आयोजना गरिनेछ।

    मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, मुख्यसचिव, सेनापति, सचिव, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख/उपप्रमुखलगायत रहने व्यवस्था गरिएको छ भने गृह मन्त्रालयका सचिव सदस्यसचिव हुनेछन्। बैठकले विभिन्न विषयगत उपसमिति पनि गठन गरेको छ।

    असोज ३ गते टुँडिखेलस्थित सैनिक मञ्चमा हुने मूल समारोहमा सर्वसाधारणको समेत उपस्थितिको व्यवस्था हुनेछ। साथै प्रदेश र स्थानीय तहमा पनि विभिन्न सांस्कृतिक तथा देशभक्तिपूर्ण कार्यक्रम सञ्चालन गरिनेछ।

    यस अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्ति साङ्गीतिक महोत्सव, झाँकी प्रदर्शन, संवाद, परिसंवाद, नाटक तथा अन्य सृजनात्मक कार्यक्रम प्रस्ताव गरिएको छ। यस्ता कार्यक्रम रेडियो नेपाल, नेपाल टेलिभिजन, निजी तथा सामुदायिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारण हुनेछन्।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान जारी भएको दस वर्षलाई जनस्तरमै विशेषरूपमा मनाउन आग्रह गर्दै यसलाई विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशिता, लोककल्याणकारी राज्य र संस्कृतिसँग जोड्नुपर्ने बताए।

    उनले वडा र विद्यालय तहसम्म कार्यक्रम विस्तार गरी जनतालाई संविधानका उपलब्धि र महत्वसँग नजिक ल्याउनुपर्नेमा जोड दिए।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

    २ हप्ता अगाडि

    नागरिकता नियमावली चौथो पटक संशोधन

    २ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    २ हप्ता अगाडि

    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश

    ३ हप्ता अगाडि

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    १ महिना अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    २ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    २ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश
    ३ हप्ता अगाडि
    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    १ महिना अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    १ महिना अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ महिना अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ महिना अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.