धुलाबारी । त्रिवेणी युवा क्लबले असोज ३ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रणीय त्रिवेणी च्यालेञ्ज कप सञ्चालन गर्ने भएको छ ।
मेचीनगर–१५ स्थित ज्यामिरगढी खेल मैदानमा त्रिवेणी च्यालेञ्ज कप हुने आइतबार मेची उद्योग बाणिज्य संघमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । ११ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका ६ र भारतका २ वटा गरी ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।
क्लबका अध्यक्ष विदुरसिंह खवासले कोशीका झापा एफसी, ब्रदर एफसी दमक, बेलबारी, सैनिक, रेडहर्स ईलाम तथा भारतको मानेभञ्ज्याङ दार्जिलिङ र कर्सेङ्गको युके एफसीको टिमले भाग लिने बताए । प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः २ लाख र १ लाख नगद राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बेष्ट प्यलेर, बेष्ट गोलकिपर, ईमर्जिङ प्यलेर, म्यान अफ द म्याच लगायतका पुरस्कार पनि वितरण गरिने छ । प्रतियोगितासँगै क्लबले दशै–तिहार विशेष कार्यक्रम पनि राख्ने भएको छ ।
स्थानीय कला संस्कृति झल्काउने, नित्य, गीत, युवाहरूलाई खेलकुदको माध्यमबाट शिक्षा, संस्कृतिप्रति आकर्षित गर्ने काममा क्लब लागिरहेको बताएको छ ।
पत्रकार सम्मेलनमा वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले वडाले खेलकुदका लागि जम्मा ३ लाख छुट्टाएकोमा १ लाख रूपैयाँ यस प्रतियोगिताका लागि सहयोग गर्ने बताए ।
आयोजकले प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्चको अनुमान गरेको छ । खेल सम्पन्न गर्न मुख्य प्रयोजक, सहप्रायोजक लगायत विभिन्न दाताहरूबाट सहयोग संकलन गरिने क्लबका अध्यक्ष खवासले बताए ।
२०५३ सालमा स्थापना भएको क्लबले यसअघि जिल्लास्तरीय फुटबल, पूर्वाञ्चल बक्सिङ प्रतियोगिता लगायतमा सहभागी भइसकेको बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण क्लबका सचिव मनिष गहतराजले गरेका थिए ।
असोज ३ देखि ज्यामिरगढीमा प्रथम त्रिवेणी च्यालेञ्ज कप हुने
सन्देश पोस्ट
“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।