झापा । जेनजी युवा पुस्ताले झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका छन् । साँझ मुक्ति चोकमा भेला भएको समूहले ट्राफिक प्रहरी कार्यालयमा आगनाी गरेको हो । सो क्रममा प्रहरीले दर्जनौ राउण्ड गोली प्रहार गरेको छ । घटनाको थप विवरण आउन वाँकी छ ।
सो मसूहले दिउसो झापाको दमक र बिर्तामोडमा सो समूहले आन्दोलन चर्काएको थियो । सो क्रममा दमकमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्ति घाइते भएका छन् । कमल गाउँपालिका ५ निवासी प्रकाश भट्टराई लाई प्रहरीले चलाएको रवरको गोली लागेको हो । उनलाई तीघ्रामा गोली लागेको छ ।
आन्दोलनमा उत्रिएका जेनजी समूहले दमक नगरमा रहेका धेरै बाइकमा आगजनी गरेका छन्। दमक चोकमा शुरू भएको प्रदर्शन नगरपालिकातिर अघि बढेको थियो। त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो ।
यता झापाको बिर्तामोडमा समेत जेनजी पुस्ताले प्रर्दशन गरेको छ । बिर्तामोडस्थित मुक्ति चौकमा भेला भएका युवाको समूहले बिर्तामोड नगरपालिकामा समेत केही बेर प्रर्दशन गरेका थिए । त्यसपछि उनीहरु मुक्तिचोकमा केन्द्रीत भएर आन्दोलन गरेका थिए ।
पछि पुनः उनीहरु नगरपालिका पुगेर आन्दोलन चर्काएका हुन् । काठमाडौंमा प्रहरीले गोली चलाएर आन्दोलनमा सहभागीको मृत्यु भएपछि उत्तेजित बनेका उनीहरुले बिर्तामोड नगरपालिकामा आगजानीको प्रयास गरेका हुन् । नगरपालिकाको गेटमा समेत आगजनी गरेको जनाइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार प्रहार गर्दै जर्दनौ राउण्ड गोली प्रहार गरेको हो ।
बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।
आन्दोलनमा सहभागीले ढुंगा प्रहार गरी नगरपालिकाको धेरै सीसा तोडफोड गरेका छन् ।
साझाँ बिर्तामोडस्थित मुक्ति चोकमा जेन्सी समूहले प्रर्दशन चर्काएका थिए ।
सो क्रममा ट्राफिक भवनमा ढुङ्गा मुडा प्रहार गर्दै ट्राफिक प्रहरी भवनमा आगजानी गरेसंगै ट्राफिल प्रहरीले रवरको गोली हान्दै अश्रु ग्यास प्रहार गरेको थियो । शुरुमा प्रहरीलाई सो समूहले लखेटेपनि पछि थप बल सहित आएको प्रहरीको टोलीले अश्रुग्यास प्रहार गरेको हो ।