Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

    ६ माघ २०८२, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ दिन अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर, माघ ६ ।
    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । यस क्रममा झापा का सबै पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।

    झापा निर्वाचन क्षेत्र नं. १ मा भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आजको दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

    नेपाली कांग्रेस का तर्फबाट केशबराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । पाण्डे मेचीनगर–७ का निवासी हुन् ।

    त्यस्तै नेकपा एमाले का तर्फबाट रामचन्द्र उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता विष्णु प्रसाई प्रस्तावक र श्रीप्रसाद मैनाली समर्थक रहेका छन् । उप्रेती मेचीनगर–६ निवासी हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी बाट निशा डाँगीले उम्मेदवारी दर्ता गराएकी छन् । प्रेमराज घिमिरे प्रस्तावक र असिम दाहाल समर्थक रहेका छन् । डाँगी भद्रपुर निवासी हुन् ।

    नेपाली कम्युनिस्ट पार्टी बाट इन्जिनियर अशेष घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । राजन चिमरिया प्रस्तावक र बोधराज दाहाल समर्थक रहेका छन् । घिमिरे मेचीनगर–१० निवासी हुन् ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी बाट हेमराज कार्की, श्रम संस्कृति पार्टी बाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) बाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावतीले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु तथा नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशी उम्मेदवार रहेका छन् ।

    झापा–१ मा दुई जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । मेचीनगर–८ निवासी गणेशप्रसाद खरेल र दुर्गाप्रसाद सावाँ लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    रेशम चौधरीको उम्मेदवारी रद्द

    १३ घण्टा अगाडि

    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    ४ दिन अगाडि

    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

    ४ दिन अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

    ५ दिन अगाडि

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने

    १ हप्ता अगाडि

    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व

    १ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    You must be logged in to post a comment.

    धेरै पढिएका खबर

    रेशम चौधरीको उम्मेदवारी रद्द
    १३ घण्टा अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ दिन अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    ४ दिन अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    ४ दिन अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    ५ दिन अगाडि
    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने
    १ हप्ता अगाडि
    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व
    १ हप्ता अगाडि
    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    १ हप्ता अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    २ हप्ता अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.