
रेभ. शमूएल तामाङ,
प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी गरे तापनि त्यो गलत हो किनकी यो प्रचलन चौथो शताब्दी देखि मात्र चर्चमा प्रवेश गरेको पाईन्छ । यो अवस्थामा नेपालमा रहेका प्रोटेस्टेन र इभान्जलीकल चर्चमा यसले भ्रम र अन्योल्ता छाएको अवस्था देखिन्छ । खासमा धूपको बारेमा बाइबलले के भन्छ त त्यो बारेमा केही प्रस्ट पार्ने जमर्को गरेको छु ।

(१) पुरानो नियममा धूपको महत्व र त्यसको अर्थ
धूपको महत्व यहोदी व्यवस्था अनुसार उनीहरुको आराधनामा अत्यन्तै महत्वपूर्ण स्थान लिएको पाईन्छ । धूपको प्रयोग केवल धार्मिक बिधिमात्र नभई, यो परमेश्वरसँगको गहिरो सम्बन्ध, प्रार्थना, पबित्र जीवन र आज्ञापालनको प्रतिकको रुपमा लिइन्थ्यो । त्यसैले त्यो समय परमेश्वर स्वयम धूप बनाउन र प्रयोग गर्न भन्नुभयो, तर त्यहाँ स्पस्ट उद्धेश्य पनि राख्नुभयो त्यो भनेको आराधनामा अनुशासन र पबित्रताको आश्यक छ भन्ने कुरा देखाउनुभयो । प्रस्थान ३०ः१–१० । धूप बिशेष रुपमा पबित्र बस्तुको रुपमा लिइन्थ्यो यो परमेश्वरलाई बाहेक अरु ब्यक्तिगत रुपमा प्रयोग गर्न कडा मनाही गरिएको हुन्थ्यो । प्रस्थान ३०ः३७–३८
पुरानो नियममा धूपलाई प्रार्थनासँग जोडेर प्रस्तुत गरेको पाईन्छ, जस्तै राजा दाउदले आफ्नो प्रार्थनामा यसरी भने “मेरो प्रार्थना तपाईको सामु धूपझै उठोस्” भजनसंग्रह १४१ः२ यसले यो देखाउँछ कि, परमेश्वरले मन पराउनुहुने कुरा आराधना, केवल बाहिरी विधि मात्र होइन, यो भित्रि हृदयबाट निस्केको प्रार्थना हो, भन्ने कुरालाई प्रकट गर्छ ।
पुरानो नियममा धुप केवल प्रधान पुजहारीले पबित्र स्थानमा मात्र प्रयोग गर्थे । जव धूपको धूवाँले करुणा आसन ढाक्थ्यो, तव परमेश्वरको पवित्रतता र मानिसको सिमितता बिचको भिन्नतालाई स्मरण गराउँथ्यो । यसले मानिस परमेश्वरको सामु झुक्नु र विनम्र हुनुपर्ने कुरालाई देखाउँछ, यो केवल कर्मकाण्डी नभई, परमेश्वरसँगको भेटको रुपमा बुझिन्थ्यो । लेवि १६ः१२–१३, धूपको गलत प्रयोगले अबिहूले दण्ड भोग्नु परेको कुरा लेवी १०ः१–२ मा पाईन्छ । यो घटनाले अहिलेकाहरुले जस्तो जतापायो त्यहाँ धूपको प्रयोग गर्न निषेध थियो, यदि त्यसो गरेमा दण्डित हुनुपर्दथ्यो । यो देखावटी, लापरवाही वा स्वेच्छाचारी कुरालाई परमेश्वर इन्कार गर्नुहुन्छ भन्ने स्पष्ट हुन्छ ।
यी कुराहरुबाट हामी यो बुझ्न सक्छौँ कि धूप पुरानो नियममा प्रार्थनाको प्रतिक हो । गन्ती १६ः ४६–४८ हारुनले धूप लिएर जनताको अगाडी उभिँदा महामारी रोकिएको घटना उल्लेख छ । यसले धूपलाई मध्यस्था प्रार्थनाको प्रतिक हो भन्न सकिन्छ । साथै यसले परमेश्वरसँगको गहिरो सम्बन्ध, पवित्र जीवन, प्रार्थनाको जीवन र साँचो आराधनाको जीवन नै परमेश्वरको निम्ति मिठो सुबास्ना हुनेकुरालाई प्रष्टपार्छ ।
धूपलाई केवल कर्मकाण्डीको रुपमा मात्र प्रयोग भएकोले परमेश्वरले पुरानो नियममा धूपलाई इन्न्कार गर्नुभयो । यसैया १ः१३ मा परमेश्वरले यहूदीहरुको कपट पूर्ण भेटी र धूपलाई इन्कार गर्नुभयो । उनीहरुले भेटी र धूप बाले पनि उनीहरुले अन्याय, अत्यचार र दुष्टता गरेको कारण परमेश्वरले त्यो इन्कार गर्नुभयो । धूप पश्चातापको प्रतिक पनि मानिएको छ । यार्मिया ६ः२० मा पश्चताप बिना बालेको यहोदीहरुको धूपको बारेमा परमेश्वर भन्नुहुन्छ “शेबाबाट ल्याएको धूपले मलाई के फाइदा ?” आफ्नो पापबाट साँचो पश्चताप गर्दै उहाँमा फर्किनु नै परमेश्वरको निम्ति धूपको मिठो वासना जस्तै हो । यो कुराले परमेश्वर धूप होइन न्यायपूर्ण जीवनले खुशी बन्नुहुन्छ भन्ने कुरालाई देखाउँछ । यर्मिया ५ः२१–२३ इस्राएलीहरुको देखावटी धर्म धूप बाल्ने कुराले परमेश्वर दिक्दार मन्नुभयो र भन्नुभयो “ढोका बन्द गरिदेओस, ताकि व्यर्थमा आगो नबालियोस ।”देखाउनलाई गरिएको धूप परमेश्वरलाई मन पर्दैन । पुरानो नियममा परमेश्वरले इस्राएलीहरुले मूर्तिपूजामा पनि धूप बालेको कारण इन्कार गर्नु भएको स्पस्ट हुन्छ । यर्मिया ४४ः २१–२३
(२) के नयाँ नियममा धूपको महत्व छ ?
नयाँ नियममा धूपको महत्व छैन प्रतीकात्मक रुपमा प्रयोग भएको पाईन्छ । लूका १ः१–११ जकरियाह मन्दिरमा धूप चढाइरहेका बेला स्वर्गदूतले उनलाई दर्शन दिए भनिएको छ । धूप प्रार्थनाको प्रतिक मात्र हुन यो अनिवार्यता होइन भन्ने कुरा नयाँ नियमले पनि स्पष्ट पार्छ ।
नयाँ नियम अनुसार, अव परमेश्वरलाई धूप वा कुनै भौतिक वस्तु होइन तर विश्वास योग्यहरुको प्रार्थना महत्वपूर्ण छ भन्ने कुरा प्रकाश ५ः८ ले प्रष्ट पारेको छ । हुन त अहिले पनि धूपको महत्व छ भन्नेहरुले नयाँ नियममा पनि धूपको बारेमा लेखिएको त्यही आधारमा धूप बाल्नुपर्छ भनेर बिचार गर्नेहरुछन्, तर हामीले बुझ्नु पर्ने कुरा के हो भने प्रकाश ५ः८ ले स्वर्गमा सुनको कचौरामा भरिएको धूपको बर्णन गरिको छ । त्यसलाई स्पस्ट भनिएको “सन्तहरुको प्रार्थना” यसले यो सत्यतालाई प्रकट गर्छ कि धूपको वास्तविक अर्थ सन्तहरुको पवित्र र प्रार्थनाको प्रतिक मात्र हो ।
नयाँ नियममा येशू ख्रीष्टको बलिदान पछि आराधनाको स्वरुप परिवर्तन भयो । अव वेदी, मन्दिर र धूपभन्दा पनि ख्रीष्ट येशू हाम्रो मध्यस्थ हुनुहुन्छ हिब्रु ७ः२५ अब नयाँ नियमका बिश्वासीहरुले परमेश्वर कहाँ पुग्न भौतिक धूपको आवश्यकता छैन ख्रीष्ट येशूद्धारा प्राप्त धार्मिक्ता, पवित्रताद्धारा पुन्न सकिन्छ खासमा नयाँ नियमले स्वीकार गरेको एउटा सत्यता यो होकि बिश्वासीहरु आफै परेश्वरको पवित्र मन्दिर हुन् । १ को ६ः१९ । उनीहरुको पबित्र जीवन नै परमेश्वरको निम्ति मिठो सुवासना हुनुपर्छ ।
परमेश्वरको महान दास प्रेरित पावलले बिश्वासीहरुको जीवनलाई “सुगन्धित भेटी” सँग तुलना गर्नुभएको छ एफिसी ५ः२ यसले देखाउँछ प्रेम, आज्ञापालन र परमेश्वरमा समर्पित जीवन नै उहाँको निम्ति साँचो धूप हो । यसबाट हामी बुझ्न सक्छौ कि नयाँ नियममा धूपको बारेमा केही पदहरुमा बाहेक अन्य कुनैपदहरु धूपको बारेमा उललेख नभएको कारण भौतिक धूप कर्मकाण्डीलाई भन्दा आत्मिक जीवन, भित्री हृदय, साँचो प्रार्थना र पबित्र प्रेममय जीवनलाई स्वीकार्नुहने कुरालाई जोड दिन्छ ।
(३) ईश्वरशास्त्रीहरुको दृष्टिकोणमा धूप
ईश्वरशास्त्रीहरुको दृष्टिमा धूप के हो त ? यो बारेमा विभिन्न काल खण्डमा सेवा पुर्याउनु हुने प्रख्यात ईश्वरशास्त्रीहरुको बिचारलाई हेरौँ ।
सन्त अगस्टिन जो AD ३५४–४३० समय कालमा सेवारत हुनुहुन्थ्यो । उहाँको विचारमा “धूप भनेको विश्वासीहरुको प्रार्थना र हृदयको भक्ती हो । परमेश्वरलाई धूवा होइन, विश्वासीको प्रेम र आज्ञाकारित प्रिय हुन्छ ।”
ओरिजन अलेकजेन्ड्रियाको अनुसार “धूप पवित्र जीवनबाट निस्कने आत्मिक सुगन्ध हो, जुन साँचो धर्मी जीवन, सत्य बोलाई र आत्मिक अनुशासन हो भनेर भन्नुहुन्छ । उहाँ (AD 184 – 253) तिर सेवारत हुनुहुन्थ्यो ।
यसरी प्रख्यात ईश्वारशास्त्री जोन क्याल्भिनले (AD 1509- 1564) विचारमा “धूप पुरानो नियमको छायाँ हो । ख्रीष्टपछि भौतिक धूपको आवश्यक छैन, प्रार्थना नै धूप हो । यसर्थ परमेवर आत्मा हुनुहुन्छ उहाँ आत्मा र सत्यतामा गरिएको आराधना खोच्नुहुन्छ ।”
मार्टिन लुथर (AD 1483-1546) उहाँको बिचारमा “धूप बाल्नु आफैमा पाप होइन तर ख्रीष्टलाई भन्दा बढी संस्कारलाई महत्व दिनु गलत भन्नुहुन्छ ।”
संक्षेपमा ईश्वरशास्त्रीहरुको बिचार पनि धूप भनेको परमेश्वरमा गरिने प्रार्थना पबित्र जीवन र आत्मिक आराधनाको प्रतिक हो । परमेश्वर धुँवा होइन पवित्र हृदय खोच्नु हुन्छ । निष्कर्ष यही हो, अब चर्चमा गरिने आराधनामा धूपको खाँचो छैन ।
