Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सवारी लाइसेन्सको ७० अंकभार प्रणाली फागुन ३ बाट

    adminBy admin३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ — वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले फागुन ३ गतेबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णाङ्कमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको छ ।

    यातायात व्यवस्था विभागले यस्तो प्रणाली यसअघि पटकपटक लागू गर्न खोजे पनि प्रदेश मुख्यमन्त्री कार्यालयले रोक्दै आएको थियो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथो पटकको प्रयासपछि यो प्रणाली लागू हुने भएको हो ।

    वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले अंकभार प्रणाली लागू हुने जानकारी दिए । उनले प्रदेशको काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसमेत पाँच ठाउँका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले लाइसेन्सको प्रयोगात्मक परीक्षा लिने छन् । परीक्षार्थीले एक सय पूणाङ्कमा ७० अंक प्राप्त गरेमा प्रयोगात्मक परीक्षा उत्तीर्ण हुने छन् ।

    काठमाडौंको चाबहिल, ठूलोभर्‍याङ र ललितपुरको एकान्तकुनाका यातायात कार्यालयले परीक्षा लिनेछन् । यातायाता व्यवस्था विभाग एकान्तकुनास्थित सवारी लाइसेन्स अनुमति पत्र कार्यालयका प्रमुख राजकुमार कपालीले आफूहरु उक्त प्रणाली लागू गर्न तयार रहेको जानकारी दिए ।

    सोमबार बिदा परेको र मंगलबार लिखित परीक्षा गरेर बुधबार पहिलो पटक ७० अंकभार प्रणाली लागू हुने उनले बताए । कपालीका अनुसार उपत्यकाका चारै स्थानबाट यही प्राणाली अनुसार परीक्षा हुन्छ । ‘यही प्रणाली अनुसार परीक्षा गराउने तयारी भएको छ,’ उनले भने । मुलुकका चारवटा प्रदेशमा लागू भइसकेको अंक प्रणाली वाग्मतीले भने गत असोजदेखि तीन पटक रोकेर अहिले लागू गर्न लागेको हो । प्राणाली लागू गर्न अन्तिम तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्यालयले गत पुस १४ गते श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर थप अध्ययन गर्नुपर्ने भन्दै रोक लगाएको हो । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गत असोज २ गते र मंसिर १८ गते प्रणाली लागू गर्न रोक लगाएका थिए ।

    हाल दैनिक ५८ सयदेखि ६ हजार लाइसेन्सको माग छ । लाइसेन्स छाप्ने एउटा मात्र मेसिन भएकाले दैनिक ४४ सयभन्दा बढी लाइसेन्स छापिँदैन । करिब ७ लाख लाइसेन्स अझै छाप्न बाँकी छ । लाइसेन्सको मागलाई ध्यानमा राखेर विभागले नयाँ मेसिन खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । ‘तर ७० अंक लागू गर्न सके धेरै लाइसेन्सको धेरै समस्या समाधान हुने विभागको बुझाइ छ ।

    यातायात व्यवस्था विभागले प्रदेश सरकारले अग्रसरता लिएर लागी परे यो नियम लागू हुने बताउँदै आएको थियो । विभागका अनुसार जति ट्रायल दिँदा परीक्षार्थी अनुत्तीर्ण हुन्छन् त्यति नै फाइदा ट्रायल सञ्चालकलाई हुने गर्छ । उनीहरुले ‘सेटिङ’ गरेर पास गराउने धन्दा चलाएको पनि दाबी गरेका छन् । साथै ७० अंक लागू भएमा परीक्षामा अनुत्तीर्ण हुने संख्या कम हुने अपेक्षा गरिएको छ । ७० अंक प्राणालीले चलखेल गर्ने दायरा पनि घट्ने भएकाले दलालहरुले कमाउने बाटो बन्द हुने विभागको बुझाइ छ ।

    admin
    • Website

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २२ घण्टा अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    २ हप्ता अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ३ हप्ता अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    १ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    १ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २२ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २२ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.