Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    टर्की-सिरिया भूकम्प: भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?

    adminBy admin२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    टर्की र सिरियाको भूकम्पका कारण भत्किएका भवनहरूभित्र फसेका जीवित मानिसहरूको उद्धारका लागि समय घर्किँदै गइरहेको छ।

    स्वदेशी तथा विदेशी उद्धारकर्मीहरूले जीवित मानिस रहेको ठानिएका भग्नावशेषहरू पन्छाएर जीवन बचाउन हरसम्भव प्रयास गरिरहेका छन्।

    तर यसरी भग्नावशेषभित्र फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?

    विज्ञहरूले बीबीसीलाई बताए अनुसार यसलाई निर्धारण गर्ने विभिन्न तत्त्वहरू छन्।

    भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्छ।

    अधिकांश उद्धारका कामहरू विपद्‌को घटना भएको २४ घण्टाभित्र भइसक्छन्।

    तर भग्नावशेषहरूबाट मानिसहरूलाई उद्धार गर्न त्योभन्दा धेरै लामो समय लागेका उदाहरणहरू पनि छन्।

    • टर्कीमा भूकम्पको १२८ घण्टापछि बालकको जीवितै उद्धार
    • टर्कीमा आएका भूकम्पहरूले किन गरे यति ठूलो विनाश

    संयुक्त राष्ट्रसङ्घले विनाशकारी घटना भएको पाँच देखि सातदिनसम्म खोजी र उद्धार जारी राख्ने गरेको छ।

    यस्तो निर्णय पनि लगातार एक वा दुई दिनसम्म जीवित मानिसहरूको उद्धार हुन नसकेको अवस्थामा मात्रै लिइन्छ।

    त्यसो भए के-के तत्त्वले विपद्‌मा फसेका मानिसहरूलाई जीवित राख्छ?

    सचेतना र पूर्वतयारी

    भूकम्प वा कुनै पनि भवन अचानक ढल्ने कुरा अनुमान लगाउन सहज छैन।

    तर यस्तो आपत्कालिक घटनामा आफ्नो शरीरको अवस्थिति तपाईँ घटनामा बाँच्ने अवस्थाको लागि सबैभन्दा महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

    राम्रोसँग छनौट गरिएको बस्ने ठाउँले भग्नावशेषहरूबाट पुरिनबाट मात्रै बचाउँदैन सास फेर्नका लागि ठाउँ समेत पाइन सक्छ।

    “‘ड्रप, कभर र होल्ड’ अर्थात् निहुरिनु, छेकिनु र रोकिनुको अभ्यास गर्दा बाँच्नको लागि र श्वास फेर्नको लागि बाटो बनाउन सकिन्छ,” टर्कीको सबैभन्दा ठूलो उद्धार तथा खोज सम्बन्धी संस्थाका संयोजक मुरत हरुन अन्गोरेन भन्छन्।

    ‘ड्रप, कभर र होल्ड’ भनेको आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्नु, शरीरलाई टेबल वा कुनै माथिबाट झर्ने वस्तुबाट जोगाउने बस्तुमुनि छेकिनु र भूकम्पको झट्का नरोकिँदासम्म अडिनुलाई बुझाउँछ।

    “भूकम्प जस्तै विपद्‍बाट निम्तने आपत्कालिन अवस्थाबारे शिक्षा, तालिम र सचेतना महत्त्वपूर्ण भए पनि सधैँ बेवास्ता गरिने कुरा हुन्,” उनले थपे।

    “त्यही कुराले भग्नावशेषभित्र तपाईँको बाँच्ने समय तय गर्छ।”

    विश्व स्वास्थ्य सङ्गठनको आपत्कालिन परियोजनाकी प्राविधिक अधिकारी डा जेत्री रेग्मी पनि पूर्व तयारीको महत्त्वमा जोड दिन्छिन्।

    “बलियो डेस्क वा टेबलको मुनी छेकिएर रहँदा बाँच्ने सम्भावना बढ्छ। हरेक आपत्कालिन अवस्था फरक हुने भएकाले कुनै कुराको निश्चित हुँदैन तर प्रारम्भिक खोजी र उद्धार प्रयासहरू स्थानीय समुदायको पूर्व तयारी क्षमतामा पनि भर पर्छ,” उनले भनिन्।

    पानी र हावाको पहुँच

    भत्किएको भवनभित्र फसेको मानिस जीवित रहन श्वास फेर्नको लागि हावा र खानेपानी सबैभन्दा जरुरी हुन्छ। तर बाँच्ने कुरा उसलाई लागेको चोटमा पनि भर पर्छ। रगत बगिरहेको छ भने कुनै पनि मानिस २४ घण्टापछि जीवित भेटिने सम्भावना कम रहन्छ।

    ढलेको भवनमा फसेको मानिसलाई ठूलो चोट पनि लागेको छैन र श्वास फेर्ने ठाउँ पनि पाइरहेको छ भने उसलाई बाँच्नका लागि चाहिने अर्को महत्त्वपूर्ण कुरा शरीरलाई आवश्यक मात्रामा चाहिने पानी हो।

    • भूउपग्रहबाट खिचिएका यी तस्बिरमा भूकम्प जानुअघि र पछिको टर्की देखिन्छ
    • भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन

    अमेरिकाको ड्यूक विश्वविद्यालयस्थित सघन उपचार सम्बन्धी विज्ञ प्राध्यापक रिचर्ड एडवार्ड मुनका अनुसार शरीरमा अक्सिजन र पानीको कमीले बाँच्न कठिन बनाउँछ।

    “हरेक वयस्कको शरीरबाट पिसाब, पसिना, श्वास फेर्दा वा बाफको माध्यमबाट एक दिनमा १.२ लिटर पानी बाहिर जान्छ,” उनले भने।

    “यसरी आठ लिटरसम्म पानी बाहिर गयो भने मानिस गम्भीर बिरामी हुन्छ।”

    कतिपय आकलनहरूले मानिस पानी बिना तीन देखि सात दिनसम्म बाँच्न सक्ने देखाएका छन्।

    चोटपटकको अवस्था

    यदि कुनै मानिसको टाउकोमा आघात पुग्ने किसिमको चोट लागेको छ र श्वास फेर्नका लागि साँघुरो ठाउँ मात्रै छ भने विपद्को दोस्रो दिनपछि बाँच्ने सम्भावना निकै कम हुन्छ।

    डाक्टर रेग्मीका अनुसार यस्तोमा फसेका मानिसहरूलाई लागेको चोटको अवस्थाबारे मूल्याङ्कन गर्नु पनि निकै महत्त्वपूर्ण हुन्छ।

    “मेरुदण्ड, टाउको वा छातीमा चोट लागेका मानिसहरूलाई आघातसम्बन्धी तत्काल उपचार हुने अस्पतालहरूमा नपुर्‍याउँदासम्म नबाँच्न सक्छन्,” उनले भनिन्।

    रक्तस्राव, हड्डी भाँचिने र अङ्गभङ्ग हुने जस्ता चोटपटकले मृत्युको सम्भावना बढाउँछ।

    उद्धारपछि हुने हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण हुने डा रेग्मी बताउँछिन्।

    “भग्नावशेषबाट जीवित उद्धार गरिएकाहरूको पनि ‘क्रस सिन्ड्रोम’का कारण मृत्यु हुनसक्छ। यस्तो अवस्था साधरणतया भूकम्पजस्ता विनाशकारी घटनामा च्यापिएका मानिसहरूमा हुने गर्छ।”

    उनका अनुसार भग्नावशेषमा च्यापिएका कारण मांसपेशीमा क्षति पुगेका कारण शरीरमा उत्पन्न हुने एउटा विषाक्त पदार्थका कारण ‘क्रस सिन्ड्रोम’ हुनेगर्छ।

    जब शरीरलाई थिचेर राखेको भग्नावशेष हटाइन्छ यस्तो विषाक्त पदार्थ शरीरका अन्य ठाउँमा फैलिएर गम्भीर असरहरू देखा पर्न सक्ने डा रेग्मी बताउँछिन्।

    हावापानी र मौसमको अवस्था

    विपद्का घटना भएका क्षेत्रको मौसमले पनि भग्नावशेषमा फसेका मानिसहरू कति समयसम्म बाँच्छन् भन्ने कुरा निर्धारण गर्छ।

    प्राध्यापक मुनका अनुसार टर्कीमा अहिले रहेको जाडो मौसमले परिस्थितिलाई झन् खराब बनाएको छ।

    “एकजना वयस्कले २१ डिग्री सेल्सियससम्मको तापक्रम आफ्नो शरीरको तातोपना नगुमाई सहन सक्छ। तर त्यो भन्दा चिसो भयो भने स्थिति फरक पर्न सक्छ,” उनले भने।

    त्यस्तो अवस्थामा शरीरको तापक्रमले वरपरको तापक्रम पछ्याउन सुरु गर्छ।

    • सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक
    • ‘यस्तो अवस्थामा डाक्टर हुनु सबैभन्दा गाह्रो कुरा हो’

    “हाइपोथर्मिया (शरीरको तापक्रम धेरै न्यून भएर जाने समस्या) हुने गति व्यक्तिको एकान्तपनामा र ओतको अवस्थामा पनि भर पर्छ। धेरै थोरै र कम भाग्यशालीहरूलाई मात्र यस्तो अवस्थामा हाइपोथर्मिया हुन्छ,” सघन उपचार विशेषज्ञले भने।

    तर गर्मीका कारण वरिपरिबाट बन्द रहेको ठाउँ धेरै तातो भयो भने पनि च्यापिएको मानिसले शरीरमा रहेको पानीको मात्रा छिटो गुमाएर बाँच्ने सम्भावना कम हुँदै जान सक्छ।

    मानसिक स्वास्थ्य

    विज्ञहरूका अनुसार सधैँजस्तो अवमूल्यन गरिएको विषय मानसिक सुस्वास्थ्य र नियन्त्रण हो।

    उनीहरूका अनुसार आफू जीवित रहने इच्छाशक्तिमा आफ्नो मनलाई अडिग राख्न सक्नु बाँच्नका लागि महत्त्वपूर्ण हुन्छ।

    “डर हाम्रो प्राकृतिक प्रतिक्रिया हो, तर हामी आत्तिनु हुँदैन। हामी बाँच्नका लागि मानसिक रूपमा बलियो हुनुपर्छ,” उद्धारविज्ञ अन्गोरेन भन्छन्।

    यसका लागि दृढ सङ्कल्प पनि आवश्यक पर्छ।

    सन् १९९५ मा दक्षिण कोरियामा भूकम्पको १० दिनपछि एक जना मानिसलाई जीवितै उद्धार गरियो।

    उनी वर्षाको पानी पिएर र कार्टुनको बक्सा खाएर बाँचेका विवरण आएका थिए। उनले आफ्नो दिमाग सक्रिय राखिरहन बच्चाका खेलौनासँग खेलेका थिए।

    सन् २०१३ मा बाङ्ग्लादेशमा भत्किएको एउटा कारखानाबाट १७ दिनपछि एकजना महिलालाई जीवितै बाहिर निकालियो।

    “मैले उद्धारकर्मीहरूको आवाज धेरै दिनदेखि सुनिरहेकी थिएँ। उनीहरूको ध्यान तान्न लौरो र डन्डीले भग्नावशेषमा हानिरहेँ तर कसैले मलाई सुनेन,” आफ्नो उद्धार भएपछि उनले भनेकी थिइन्।

    “मैले १५ दिनसम्म प्याकेटमा राखिएका खानेकुरा खाएँ। अन्तिम दुई दिन खानका लागि पानी बाहेक केही बाँकी थिएन।”

    हेइटीमा २ लाख २० हजार मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा आएको भूकम्पपछि एकजना मानिस एउटा पसल रहेको भग्नावशेषभित्र १२ दिनसम्म बाँचेका थिए।

    पछि अर्का एकजना मानिस भूकम्पपछि बनेको भग्नावशेषमा फसेर २७ दिनसम्म बाँचेको विवरण आए।

    • सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु बनाएर किन भूकम्प गइरहन्छ
    • नेपालमा तीन वर्षमा ४४ हजार भूकम्प

    सन् २००५ मा पाकिस्तान नियन्त्रित कश्मीरमा भूकम्पको दुई महिनापछि ४० वर्षकी महिलाको भान्साबाट जीवितै उद्धार गरिएको थियो। नक्ष बीबी नामकी ती महिला मांसपेशीहरू सुकेको र बोल्न नसक्ने अवस्थामा भेटिएकी थिइन्।

    “हामीले मरिसकेको ठानेका थियौँ तर बाहिर निकाल्दै गर्दा उनले आँखा खोलिन्,”उनकी आफन्तले बीबीसीसँग भनेकी थिइन्।

    admin
    • Website

    सम्बन्धित खबर

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    १ हप्ता अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    २ हप्ता अगाडि

    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए

    ३ हप्ता अगाडि

    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

    ३ हप्ता अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    १ महिना अगाडि

    प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

    ३ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ३ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    ५ दिन अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    १ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    १ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.