Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अमेरिकन पुस्तकालयमा नेपाली पुस्तक

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २२ चैत्र २०७९, बुधबार,

    अमेरिका ।

    स्रस्टा साँझ अमेरिकाले युलेस सिटी पब्लिक लाइब्रेरीलाई उपहार स्वरूप पुस्तक हस्तान्तरण गरेको छ । युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक प्रदान गरिएको हो । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

    अब सो पुस्तकालयमा एउटा छुट्टै नेपाली सेक्सन बनाएर नेपाली समुदायबाट प्राप्त पुस्तक राखिने लाइब्रेरी को(अर्डिनेटर सेरीले जानकारी दिइन् । यसैगरी, सिटी मेनेजर लोरेट्टाले ‍नेपाली समुदायको यो कार्यले पुस्तकालय र नेपाली समुदायसँगको सम्बन्ध अझ नजिक बनेको बताइन् । साथै, आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको लोरेट्टाले बताइन् ।

    यसैगरी, युलेस सिटीको प्रमुख सार्वजनिक पुस्तकालयमा नेपाली शाखा विस्तार गरिनु नेपाली समुदायको महत्वपूर्ण उपलब्धि तथा सुनौलो अवसर भएको सिटी काउन्सिलर टीका पौडेलले बताए । काउन्सिलर पौडेलका अनुसार सो पुस्तकालय ६ मिलियन डलर लागतमा सुविधासम्पन्न पुस्तकालयको रुपमा पुनःनिर्माण गरिएको हो । नेपाली समुदायको स्तरोन्नति एवम् अमेरिकन समुदायबीच सहज पहुच बनाउन आवश्यक रहेको हुँदा अब नेपाली समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको पौडेलको भनाइ थियो ।

    करिब १० हजार नेपालीको बसोबास रहेको युलेस सिटीको केन्द्रमा रहेको अत्याधुनिक पुस्तकालयमा अब नेपालीले आफ्नै भाषामा लेखिएका पुस्तक पढ्न सक्ने भएका छन् । स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितले नेपाली भाषा, संस्कृति एवम् नेपालीपनको संरक्षण एवम् प्रवर्धनका आफू र आफ्नो संस्थाले अगुवाइ गरेको बताए ।

    ‘नेपाली समुदायले भाषा, संस्कृति एवम् नेपालीपन जोगाउनुका साथै अमेरिकी परिवेशमा घुलमिल हुनु अति आवश्यक रहेको हुँदा यो एउटा उपयुक्त माध्यम हुन सक्ने देखेर आज हामीसँग भएका पुस्तक हस्तान्तरण गरेका हौं ।’ यस्तै, स्रस्टा साँझ अमेरिका अध्यक्ष बैकुण्ठराज आचार्यका अनुसार अमेरिकाको सार्वजनिक पुस्तकालयमा नेपालीले आफ्नै भाषामा पुस्तक पढ्न पाउने र यसले नेपालसँगको सामीप्यता अझ प्रगाढ हुने छ । साथै, यसले नेपालको पहिचान विश्वमाझ फैलाउनमा महत्वपूर्ण कार्य हुने आचार्यले बताए ।

    यसैगरी, समुदायमार्फत गरिने यस्ता कार्य वास्तविक समाजसेवा हुने नेपाल अमेरिका पत्रकार संघ ९नेजा० का अध्यक्ष विकासराज न्यौपानेले बताए । नेपाली समुदायको हितमा हुने जुनसुकै कार्यका लागि नेजा हातेमालो गर्न तत्पर रहेको अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा नेपाली समुदायको तर्फबाट समाजसेवी शैलेश आचार्य, नेजा कार्यसमिति सदस्य बाबुराम दाहाल, समाजसेवी सुशील क्षेत्री, बद्री श्रेष्ठलगायतको उपस्थिति थियो भने पुस्तकालयका तर्फबाट डेपुटी मेनेजर वेसलगायत पुस्तकालयकर्मीहरूको उपस्थिति रहेको थियो ।

    अनलाइन खबरबाट

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    ३ दिन अगाडि

    सफल नेतृत्वको खोजी: शक्ति कि सेवा ?

    ४ महिना अगाडि

    ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

    ४ महिना अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ५ महिना अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    ६ महिना अगाडि

    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान

    ७ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    ३ दिन अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ४ दिन अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    ४ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ४ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.