Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दलित उत्थान समन्वय समितिको तेश्रो साधारण सभा सम्पन्न, अध्यक्षमा टोलबहादुर

    २ बैशाख २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । दलित उत्थान समन्वय समिति मेचीनगरको अध्यक्षमा टोलबहादुर सुनार (नारायण) सर्वसम्मत चयन भएका छन् ।

    शनिबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न समितिको तेस्रो वार्षिक साधारण सभाले सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
    १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चन्द्र दास, सचिवमा लक्ष्मी परियार, सहसचिवद्वयमा जगतबहादुर रम्तेल, प्रियम दर्जी र कोषाध्यक्षमा दिलबहादुर खाती चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरुमा मनोजकुमार विश्वकर्मा, सुरेन खाती, कमलादेवी विश्वकर्मा, विष्णु गदाइली, विनोद सेन्चुरी, थेसिस रुचाल, सुरक्षा बिसुन्खे, कञ्चन सुन्दास र पलम दर्नाल विक चयन भएको निर्वाचन समिति संयोजक टिकाराम मंग्रातीले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको रहने छ ।
    दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष ध्रुब कनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख अतिथि समेत रहेकीसांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छन् ।
    उनले दलितहरुको हितमा कानून बनिएपनि कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘पालिकाहरुमा दलितहरुको ऐन कतिको कार्यान्वयन हुँदैछ’, सांसद् विश्वकर्माले भनिन्–‘त्यसको खोजी गर्नुपर्छ । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुलाई यस विषयमा ध्यानाकर्षण गराउनु पर्छ ।’

    कार्यक्रममा सांसद् विश्वकर्मा, दलित नेताहरु छविलाल विश्वकर्मा, दलबहादुर विश्वकर्मा, निरु परियार, नेपाली कांग्रेसका मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण कनाल, नेकपा माओवादी केन्द्रका मेचीनगर सहइन्चार्ज एवम् जिल्ला कमिटी सदस्य प्रकाश खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    संस्थाका सहसचिव रिता परियारले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजकुमार श्रीवालले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    १ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ३ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.