Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    रुपेश र सुजनालाई राष्ट्रिय बुद्धिचालमा एक खेलअघि नै उपाधि

    ९ बैशाख २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । फिडेमास्टर रुपेश जयशवाल र वुमन फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा एक खेल अगावै उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका तथा साविक विजेता र फिडे रेटिङमा शीर्ष स्थानमा रहेकासमेत गरी खुलातर्फ १० र महिलातर्फ १० खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

    यो प्रतियोगिता अन्तर्राष्ट्रिय सहभागिताका लागि राष्ट्रिय टिमको छनोटसमेत थियो । श्निबार सातौं र आठौं चरणमा अनुकुल नतिजा निकालेसँगै रुपेश र सुजनाले च्याम्पियन बन्न नवौं चरणसम्म प्रतीक्षा गर्नुपरेन । उनीहरुले यही महिना वंगलादेशमा हुने वर्ल्ड च्याम्पियन सर्कल, एसियन जोनल ३.२, उज्वेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र सन् २०२४ मा हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गरेका छन् ।

    उत्कृष्ट लयमा रहेका रुपेश सातौं चरणमा अर्का फिडेमास्टर क्षितिज भण्डारीसँग बराबरीमा रोकिए । यी दुईले ३४औं चालमा बराबरी भएको निर्णय गरेका थिए । आठौं चरणमा भने राजीव कार्कीलाई रोमान्चक खेलमा हराए । बराबरीतर्फ उन्मुख खेलको ५७औं चालमा राजीवले गरेको सानो गल्तीको फाइदा उठाउँदै ६७औं चालमा रुपेशले खेल जिते ।

    सातौं चरणमा च्याम्पियन रुपेशसँग बराबरी खेलेका क्षितिज आठौं चरणको खेलमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरी ६ अंकसहित दोस्रो स्थानमा छन् । पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र १४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल साढे ५ अंकसहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् ।

    महिलातर्फको खेलमा शनिबार शीर्ष स्थानमा रहेकी सुजनाले एक खेल जितेर अर्को खेल बराबरी खेले पनि उपाधि जित्न सफल रहिन् । उनले सातौं चरणमा शान्ति धिमाललाई हराइन् भने आठौं चरणमा सुशीला गुरुङसँग बराबरी खेलिन् ।

    राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाँकी रहेको अवस्थामा सुजनाले साढे ७ अंक जोड्दै च्याम्पियन बनेकी हुन् ।

    दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा र रुक्मणी टूर्स एण्ड ट्राभल्सको सहप्रायोजनमा भएको प्रतियोतामा सुशीला गुरुङ र शान्ति धिमालले ५ अंक जोडेका छन् । सुशीला आठौं चरणको खेलमा  विनिता कपालीसँग हारिन् भने शान्तिले पुनम प्रसाईंलाई निराश बनाइन् ।

    पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशीको साढे ४ अंक छ भने विनिता कपालीको ३ अंक छ । काठमाडौंको होटल ले हिमालयमा जारी प्रतियोगिता अन्तर्गत नवौं तथा फाइनल चरणको खेल आइतबार हुनेछ । आइतबार नै प्रतियोगिताको समापन हुनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.