Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मणिपुर हिंसामा ५४ जनाको मृत्यु, २३ हजार मानिस विस्थापित

    २५ बैशाख २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ । हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका भारतीय मिडियाले बताएका छन् ।

    मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारीसाधन र घरमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्यास प्रहार गरेपछि अशान्ति सुरु भएको थियो । सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौँ सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गर्दै इन्टरनेट सेवा पनि बन्द गरेको छ । 

    सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि १० बजेको बीचमा कफ्र्यु हटाइएको जनाएको छ । ‘पछिल्लो २४ घन्टामा सेनाले हवाई निगरानी, युएभीको आवागमन र इम्फाल उपत्यकाभित्र सेनाको हेलिकोप्टरको पुनः तैनाथीमार्फत निगरानी प्रयासमा उल्लेखनीय वृद्धि गरेको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘अहिलेसम्म कुल २३ हजार सर्वसाधारणलाई उद्धार गरिएको छ र उनीहरूलाई सैनिक शिविरमा सारिएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

    अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    आदिवासी समूहहरू राज्यको बहुसंख्यक मेइतेई समुदायलाई ‘अनुसूचित जनजाति’ श्रेणीअन्तर्गत मान्यता दिने बहसप्रति असन्तुष्ट छन् । राज्यमा ६० प्रतिशतभन्दा बढी रहेको बहुसंख्यक मेइतेई समुदायलाई समेत अनुसूचित जनजातिमा राख्दा आफूहरूले पाइरहेको सेवा कटौती हुने आदिवासी समूहको डर छ ।

    मणिपुरसहित सात राज्य रहेको भारतको उत्तरपूर्वी क्षेत्रमा दशकौँदेखि कैयौँ जातीय असन्तुष्टि देखिने गरेको छ । यस असन्तुष्टिले त्यहाँ पृथकतावादी विद्रोह तथा अधिक स्वायत्तताको माग उठ्ने गर्छ । सन् १९५० देखि यस्ता माग राख्दै भएका विद्रोहमा ५० हजार मानिसहरू मारिएको एक प्रक्षेपण छ । पछिल्लो समय यी द्वन्द्व घट्दै गएका छन् । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ महिना अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.