Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर नगरपालिको बजेट १ अर्ब ५१ करोड १२ लाख

    १० असार २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । मेचीनगर नगरपालिकाले १ अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ ।

    आइतबार दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

    जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार बजेट विनियोजन गरेको छ भने पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैँया बजेट विनियोजन गरेको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन भएको छ ।

    नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख उप्रेतीले बजेट आयको स्रोतसमेत सार्वजनिक गरेकी छन् । जसमा राजश्वमार्फत ४० करोड ४३ लाख ५४ हजार ५ सय ५५ आय अनुमान गरिएको छ भने आन्तरिक स्रोतमार्फत १२ करोड ८७ लाख आयको अनुमान गरिएको छ ।

    यसैगरी, प्रदेश सरकारमार्फत ३ करोड ९१ लख ६ हजार आय अनुमान गरिएको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा कृषि, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर उपप्रमुखले बजेट ल्याएकी हुन् ।

    आइतबार नगरसभामा प्रस्तुत बजेट माथी छलफलका लागि १३ र १५ गते बैठक बोलाइएको नगरपालिकाले जानकारी दिएको छ । जुन बैठकमा सभासदहरुले नगरसभामा प्रस्तुत बजेटमाथी छलफल गर्ने छन् ।

    नगरपालिकाका प्रमुख बुढाथोकीको अध्यक्षतामा आइतबार बसेको नगरसभाको बैठकमा झापा १ का सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै सांसद शर्माले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको र यसको कार्यान्वयनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जनताका अपेक्षा अत्यन्तै धेरै भएको बताउँदै उनले जुन प्रस्तुत गरिन्छ त्यसमा गम्भिरता पूर्वक लाग्न र प्रस्तुत नीति तथा कार्यक्रम सफल बनाउन सुझाव दिए ।

    कार्यक्रममा प्रमुख अतिथी सांसद शर्मासँगै कोशी प्रदेशसभा सदस्यद्वय गोपाल तामाङ, सविना बजगाँइ, जिल्ला समन्वय समिति सदस्य तुलसा काफ्ले बराल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रशाई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सचिव विशालकृष्ण बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल गौतम, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ७ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.