Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    प्रेस क्लबले बुझायो मेचीनगर नगरपालिकामा ध्यानाकर्षण पत्र, मेचीनगर सञ्चारमैत्री भएन

    १३ असार २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज (बुधबार) मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो ।

    सञ्चार क्षेत्रमा छुट्याइएको बजेट समेत प्रक्रिया पुग्दा पनि अहिलेसम्म उपलब्ध नगराइनुले मेचीनगर सञ्चारमैत्री बन्न नसकेको प्रेस क्लब मेचीनगरले ठहर गरेको छ । ‘सञ्चार क्षेत्रको विकास तथा सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो,’ नगर प्रमुख बुढाथोकीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बजेट बनाउँदा सञ्चारलाई छुट्याउने तर भुक्तानी नदिने चलनले मेचीनगर सञ्चारमाध्यमप्रति अनुदार बनेको प्रष्ट हुन्छ ।’

    अन्य पालिकाले स्थानीय सञ्चारमाध्यमलाई विगतदेखि नै प्रक्रिया पुर्याएर समयमै रमक भुक्तानी गर्दै आएका छन् । तर, मेचीनगर पालिकाले स्थानीय सञ्चारमाध्यमलाई पाउने लोककल्याणकारी विज्ञापन वापतको रकमसमेत खोसेको छ । मेचीनगरले गत असार १० गते नगर सभामार्फत बजेट ल्याएको छ । यो आर्थिक वर्ष सकिनै लाग्दासमेत मेचीनगरले सञ्चार माध्यमका विषयमा स्पष्ट धारणा बनाउन सकेको छैन ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले सञ्चारमाध्यमको विषयमा स्पष्ट धारणा बनाएर निष्कर्षमा पुग्ने बताए । उनले सञ्चारमाध्यमलाई दिइँदै आएको रकम उपलब्ध गराउने विषयमा छलफल गर्ने आश्वासन दिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    २१ घण्टा अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ३ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ३ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ५ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ७ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    २१ घण्टा अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ३ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ३ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ५ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ६ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ७ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.