Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बाढी र पहिरोले लियो २४ जनाको ज्यान

    २१ असार २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । यस वर्ष मनसुन शुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ ।

    गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार अहिलेसम्म बाढी र पहिरोबाट १८ जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा गएको बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने ७४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै १ सय १८ घरमा आंशिक क्षति पुगेको पनि सो महाशाखाले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या १५ र महिलाको संख्या ९ पुगेको छ ।

    पहिरोबाट १८ जिल्लाका ४ सय ५४ परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

    महाशाखाका अनुसार अहिलेसम्म विपद्जन्य घटनाबाट भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, तनहुँ, गोर्खा, ओखलढुंगा, सिन्धुली दैलेख, अछाम, जुम्ला, रूकुमपूर्व, सिन्धुपाल्चोक, कास्की, रूपन्देहीलगायतका जिल्ला प्रभावित भएका छन् ।

    बाढी पहिरो र अविरल वर्षाका कारण करोडौंको क्षति भएको भए तापनि भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेकाले तथ्याङ्क यकिन भइनसकेको पनि महाशाखाले जनाएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि उपलब्धि भने सकारात्मक नरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ७ घण्टा अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ८ घण्टा अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    २ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ४ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ७ घण्टा अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ८ घण्टा अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ३ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ४ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.