Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, दिन लामो हुने

    २१ असार २०८०, बिहीबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।

    यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ ।

    यो जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले दिएको हो ।

    समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ (कक्ष) अण्डाकार छ । जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ । यसलाई सूर्यदुरुस्थ भनिन्छ ।

    पृथ्वी र सूर्यको सालाखाला दुरी १५ करोड किलोमिटर छ र पृथ्वीको अण्डाकार पथले गर्दा दुरीमा परिवर्तन भैरहन्छ । परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ ।

    जबकी सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ । ‘परिणाम स्वरूप यस समयमा दक्षिण ध्रुवभन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ,’ कार्यकारी निर्देशक डा. शर्माले भने ।

    उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू र दक्षिणी ध्रुवमा केवल १० प्रतिशत व्यक्तिहरु बसोबास गर्दछन् ।

    पृथ्वी सूर्यबाट टाढा पुग्दा किन गर्मी हुन्छ ?

    पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परे तापनि यसले तापक्रममा त्यति परिवर्तन ल्याउँदैन । तर अनौठो कुरा के छ भने पृथ्वी सूर्यबाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा (असार/साउन महिनामा) सबभन्दा बढी गर्मी हुन्छ ।

    यसको कारणबारे प्रष्ट्याउँदै विकास समितिले भनेको छ, ‘यसो हुनुको मुख्यकारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो । जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन् ।

    जुलाई ६ अर्थात आषाढ २१ गते पृथ्वी सूर्यबाट टाढा रहेतापनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ ।’

    समितिले भनेको छ, ‘उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशतमात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन् ।

    यही समयमा दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि) सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ३ घण्टा अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    १ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ३ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ३ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ५ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ३ घण्टा अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    १ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ३ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ३ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ५ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ६ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.