Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भूटानी राजालाई अपिल

    २१ साउन २०८०, आइतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नु भएको छ । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गर्नु भएको हो ।

    विर्तामोडमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भूटानमा दिनानुदिन संकट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भूटानका राजालाई पत्र पठाएको जानकारी दिनुभयो । उहाँले हाल भूटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्द्रुपजोङ्खार लगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाई थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना शर्त रिहाई गर्न भूटानी राजालाई आग्रह गर्नुभएको छ ।

    “भूटान नै नरहने हो कि भन्ने किसिमको संकटहरु उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो–“आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भूटानका डेढ लाख नागरिकलाई ३० वर्ष अघि अन्यायपूर्वक देश निकाला गरियो । वत्र्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनाशर्त रिहाई गरेर भूटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौं ।”

    अध्यक्ष पौडेलले दक्षिण भूटानबाट देश निकालामा परेका २० प्रतिशत भूटानी नागरिकहरु हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा चिठीमार्फत भूटानी राजालाई अवगत गराउनु भएको छ ।

    उहाँका अनुसार डेढ लाख भूटानी शरणार्थीहरुमध्ये सात हजारको संख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भूटानी शरणार्थीहरु आफ्नो देश भूटान फर्कन पाउने प्रतिक्षामा रहेको उहाँले बताउनुभयो । त्यसका लागि भूटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीहरुलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गर्नु भएको छ ।

    “हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो,” उहाँले भन्नुभयो–“तैपनि खुशी छैनौं । किनकि हामी आफ्नै देश भूटान फर्किन चाहन्छौं । भूटान जान नपाएसम्म हामी खुशी हुनसक्दैनौं ।” उहाँले भूटान सरकारसँग सम्वाद गरेर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई अनुरोध गर्नु भएको छ । नेपालमा रहेका शरणार्थीहरुको परिचय नवीकरण गरिदिन र दर्तामा छुटेकाहरुको दर्ता गरिदिन उहाँले नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.