Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    म्यानचेष्टर सिटीमाथि प्रिमियर लिगले लगाएको आरोपको अर्थ के हो ?

    adminBy admin३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २७ माघ, काठमाडौं । प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि लगाएको आर्थिक नियम उल्लंघनको आरोपले इंग्ल्याण्डको घरेलु फुटबलमा ठूलो झट्का लागेको छ ।

    च्याम्पियन सिटी इंग्लिस घरेलु फुटबलमा एकछत्र राज गरिरहेको टिम हो । सन् २००८ मा आबुधाबी युनाइटेड ग्रुपले स्वामित्व लिए यता सिटीले ६ पटक लिग उपाधि उचालेको छ ।

    सिटी यहाँसम्म कसरी पुग्यो ? उसमाथि लागेको आर्थिक नियम उल्लंघनको आरोपको अर्थ के हो ? के अब सिटी प्रिमियर लिगबाट बाहिर निकालिन्छ त ? भन्ने प्रश्नको उत्तर समावेश गरेर बीबीसीले तयार पारेको सामग्रीको भावानुवाद :

    चार वर्षभन्दा बढी समय चलेको अनुसन्धानपछि प्रिमियर लिगले सोमबार एक बक्तव्य जारी गर्‍यो । जसमा २००९ यता सिटीले आर्थिक नियम उल्लंघन गरेका १०० भन्दा बढी आरोप लगाइएको छ ।

    फुटबल आर्थिक मामलाका विशेषज्ञ किरन मगाएरले बीबीसी रेडियो फाइभ लाइभमा भनेका छन, ‘सबैभन्दा पहिले आर्थिक पक्षका दुई आधार हुन्छन् ।’

    पहिलो आरोप भनेको सिटीले कृतिम रुपमा क्लबको आर्थिकस्तर बढायो भन्ने छ । तर क्लबले भने विज्ञापन र प्रायोजनबाट कमाएको दाबी गरेको छ ।

    तर प्रिमियर लिगले भने सिटीको त्यो आम्दानी म्यानचेस्टर सिटीका मालिकबाट आएको भन्ने गरेको छ । क्लबका मालिकले दिएको पैसा फाइनान्सियल फेयर प्ले (एफएफपी)मा जोडिँदैन, अर्थात वित्तीय निष्पक्षता भएको भन्न मिल्दैन । तर प्रायोजन र विज्ञापनबाटै आएको रकम हो भने त्यसलाई एफएफपीमा जोड्न मिल्छ ।

    सिटीका मालिकका अन्य कम्पनीबाट आएको रकमबाट क्लब चलाएको अर्को आरोप छ । जसमा मालिकका अन्य कम्पनीका व्यवस्थापकलाई सिटीको पनि जिम्मेवारी दिएर पैसा बचाएको भन्ने आरोप पनि छ ।

    सिटी यो विवादमा कसरी फस्यो ?

    २०१८ को नोभेम्बरमा जर्मन पत्रिका डेर स्पिगेलले सिटी विरुद्धका कागजपत्र छापेको थियो । जुन गोप्य श्रोतबाट उसले हात पारेको थियो।

    ती कागजपत्रका अनुसार सिटीले प्रायोजनको मूल्य बढाएर यूईएफएलाई झुक्काएको थियो । एफएफपीको नियम पूरा गर्न उनीहरुले प्रायोजन रकम वास्तविक भन्दा धेरै देखाएका थिए ।

    यो घटना सार्वजनिक भएपछि युरोपेली फुटबल महासंघ यूईएफएले अनुसन्धान गरेको थियो । २ वर्ष लगाएर गरिएको अनुसन्धानमा सिटीले सिटीले २०१२ देखि २०१६ सम्म एफएफपी नियमको गम्भीर रुपमा उल्लंघन गरेको पाइएको थियो ।

    यूईएफएले दोषी ठहर गर्दै सिटीलाई २ वर्ष युरोपेली प्रतियोगिता खेल्न रोक लगाएको थियो । यूईएफएले लगाएको प्रतिबन्धका विरुद्धमा सिटी आर्बिट्रेसन फर स्पोर्टस (सीएएस)मा गएको थियो । सीएएसले सिटीको पक्षमा फैसला गर्दैै प्रतिबन्ध हटाएको थियो ।

    यूईएफएले अनुसन्धान थालेकै बेला प्रिमियर लिगले पनि अनुसन्धान गरेको थियो । सिटीले आफूमाथि गलत आरोप लगाएको दाबी गर्दै आएको थियो ।

    अहिले किन ?

    सिटीले आर्थिक नियम उल्लंघनको कुरा अहिले किन र कसरी बाहिर ल्याएको हो भनेर प्रिमियर लिगमाथि प्रश्न उठाएको छ । सिटीका अनुसार प्रिमियर लिगले यसबारेमा क्लबलाई कुनै पनि चेतावनी वा जानकारी दिएको छैन ।

    फुटबल सुशासन सम्बन्धी बेलायती सरकारको स्वेतपत्र जारी गर्ने तयारी गरिररहेको छ । प्रिमियर लिगले प्रस्तावित स्वतन्त्र नियामकको सट्टामा सुशासनका मुद्दाहरु संवोधन गर्न आफैं सक्षम छौं भनेर सरकारलाई देखाउनका लागि स्वेतपत्र जारी हुनुअघि आर्थिक नियम उल्लंघनको विषय चर्चामा ल्याएको हुन सक्ने आकलन छ ।

    फुटबलका आर्थिक विशेषज्ञ मगाएर भन्छन्, ‘लिगलाई यो कुरा निकै फाइदाजनक हुन्छ । अहिले फुटबलमा पनि लबिङ र राजनीति प्रवेश गरिसकेको छ । यो केही हदसम्म संयोग होला तर सम्बन्धित भने छन् ।’

    राजनीतिको कालो पक्ष फुटबलमा हाबी भएको र उसले फुटबललाई माध्यम बनाएर राजनीतिक स्वार्थको लागि प्रयोग गरिरहेको उनी आरोप लगाउँछन् ।

    बीबीसीका खेल सम्पादक डेन रोआन सिटीले समयमाथि शंका किन गरेको होला भन्ने प्रश्न गर्दै भन्छन्, ‘हुन त समय पनि यस्तै छ, तर आरोपका संख्याले पनि यो देख्न सक्छ कि प्रिमियर लिगलाई यो कुरा यहाँसम्म ल्याउन यत्रो समय किन लाग्यो ?’

    हुन त धेरैले यसबारे सुझाव दिन सक्छन्, यो फुटबलको स्वेतपत्रसँग जोडिएको छ, तर यो केही ढिला भने भएकै हो । सत्य यहि हो कि प्रिमियर लिगलाई यो कुरा बाहिर ल्याउन चार वर्ष लाग्यो । बाहिरको कुराहरुले पनि यो कुरालाई बलियो बनाइ रहेको छ ।

    रोआन भन्छन्, ‘यस बाहेक यदि प्रिमियर लिग आफ्नो नियमन आफैं गर्न सक्छ भन्ने सन्देश सरकारलाई दिनको लागि यो कार्य गर्दैछ भने पनि यसको लागि केही पूर्व तयारी गरेर नै यो कार्यको सुरुवात गरेको हुन सक्छ ।’

    यो कुरा कति महत्वपूर्ण छ ?

    ‘यो प्रिमियर लिगको इतिहासमा भएको सबैभन्दा ठूलो घोटला हो’, बीबीसीका सम्पादक रोआनले भने । कुनै पनि क्लबले हालसम्म यस्तो आरोपको सामना गरेका थिएनन् ।सिटीमाथिको आरोप प्रमाणित भएमा इंग्लिस फुटबलमा शक्ति बनेर उदाएको उसका लागि निकै ठूलो खतरा हुन सक्छ ।

    सिटीले म्यानेजर पेप गार्डिओलालाई गुमाउन सक्छ । किनकी उनले क्लबले कुनै पनि नियम तोडेको खण्डमा राजीनामा दिने घोषणा यसअघि नै गरिसकेका थिए ।

    ‘यो कुरा महिनौंसम्म लम्बिन सक्छ । यो कुराले प्रिमियर लिगको छविमा नै छाया पर्न सक्छ’, मगाएरले भने, ‘यदि म्यानचेस्टर सिटी दोषी भएको खण्डमा अन्य क्लबहरुलाई पनि आरोप र छानबिन हुन सक्छ ।’ यो एकबाट अर्को क्लब हुँदै झनै लम्बिन सक्ने उनको भनाइ छ ।

    उनी भन्छन्, ‘केही क्लबहरु सिटीको विपक्षमा लबिङ गर्दै छन् । के अब प्रिमियर लिग एक नराम्रो चक्रमा फस्ला त । यहाँका हरेक क्लब एक अर्कालाई औंला उठाइ रहेका छन् ।’

    के भन्छ सिटी ?

    सिटीले भने आफूमाथि लगाइएको आरोपले आश्चर्यचकित बनाएको भन्दै आएको छ । आफूहरुले सबै किसिमका हिसाब किताब प्रिमियर लिगलाई दिइसकेको सिटीको दाबी छ ।

    ‘क्लब स्वतन्त्र निकायबाट हुने निष्पक्ष छानबिनको स्वागत गर्छ,’ क्लबले प्रेस विज्ञप्तिमा भनेको छ, ‘हामी यो मामिलालाई सधैंका लागि टुंग्याउन चाहन्छौं ।’

    सिटी आफू निर्दोष रहेको दाबी गर्छ । युईएफएले छानबिन गर्दा म्याद गुज्रिएका विषय र आरोप सहितका कागजपत्र पनि प्रिमियर लिगलाई दिएको सिटीको आशंका छ ।

    सिटीको भविष्य के हुन्छ त ?

    प्रिमियर लिगले यो घटनाको बारेमा थप अनुसन्धान गर्न एक स्वतन्त्र आयोगमा पठाएको छ । यसको हरेक प्रक्रिया र अनुसन्धान गोप्य हुनेछ । यसको हरेक कुरा आयोगका अध्यक्ष मरे रोसेन नेतृत्वको समितिले हेर्ने छ ।

    खेल कानुन विज्ञ वेरिष्टर एस कुकियरले भने, ‘समितिको कार्य र प्रक्रिया सकेपछि उक्त निर्णय प्रिमियर लिगको एक अलग निकाय मानिएको, अपिल निकायमा जानेछ ।’

    ‘त्यसमा उक्त निकायले के निर्णय लिन्छ सोहीमा नै यो प्रक्रिया सकिनेछ’, कुकियरले भने ।

    ‘यो कोर्ट अफ आर्बिसन फर स्र्पोर्टस (सएिएस)मा जसरी हेरिने छैन । यो युरोपियन स्तरमा अघि बढ्नेछ । यो प्रिमियर लिगको कुरा हो यसलाई घरेलु स्तरमा नै समाधान गरिनेछ ।’

    दोषी ठहर भए सिटीलाई के सजाय हुनेछ ?

    नियम उल्लंघन गरेकोमा दोषी ठहर भएको खण्डमा आयोगले सिटीलाई मोटो रकम बराबरको जरिवाना र प्रिमियर लिगबाट निष्काशन गर्न सक्नेछ ।

    ‘सम्भावित शुल्कहरु जति पनि हुन सक्नेछ’, मगाएरले भने, ‘यो जे पनि हुन सक्छ ।’

    admin
    • Website

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २२ घण्टा अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    २ हप्ता अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ३ हप्ता अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    १ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    १ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २२ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २२ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.