Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सिक्किम बाढीपहिरोपछि इलामका १० जना सम्पर्कविहीन

    २२ असोज २०८०, सोमबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् । असोज १७ गते सिक्किमा भीषण वर्षापछि बाढी पहिरो गएको थियो । घटनापछि इलामका १० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीनमध्ये पाँच जना एकै गाउँका छन् ।

    उनीहरुलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको र अवस्था पनि थाहा हुन नसकेको इलाम ९ गोलाखर्कका विक्रम लिम्बूले बताए । सम्पर्कविहीन भएका पाँच जना लिम्बूका छिमेकी हुन् । ८ दिनदेखि सम्पर्कविहीन भएकाहरुको खोजी गर्दा अवस्था पत्ता नलागेको उनले बताए । उनका अनुसार इलाम ९ गोलाखर्कका ४० वर्षीय सेनबहादुर कार्की(सानु) ३० वर्षीय लाक्पा शेर्पा, सोही स्थानकी नरमाया बस्नेत, कुमार बस्नेत र खुशी बस्नेत सम्पर्कविहीन छन् ।

    अन्य पाँच जनाको विवरण नखुलेको उनले बताए । ‘यहाँबाट १० जनाको टोली एकैपटक गएको थियो, अहिले दश जना नै सम्पर्कमा छैनन,’ उनले भने, ‘सिक्किममा रहेका अरु साथीहरुसँग सम्पर्क गर्दा उहाँहरुको अवस्था खुलेको छैन ।’

    बेपत्ता भएकाहरु सिक्किमको लाचेन क्षेत्रमा काम गर्न गएका थिए । सोही क्षेत्रमा अत्यधिक वर्षापछि टिष्टाको बाँध फुटेर बाढी आएको थियो । बाढीमा परी २२ जना सैनिकसहित १०५ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिक्किममा आएको बाढीपहिरोमा परी ९ सैनिकसहित ५५ जनाको मृत्यु भएको छ भने १४१ जना अझै बेपत्ता छन् ।बाढीपहिरोबाट ६० हजारभन्दा बढी प्रभावित भएको जनाइएको छ ।

    बाढी आएकै क्षेत्रमा गएका नेपालीहरु सम्पर्कविहीन भएका कारण खोजीका लागि पहल गर्न लिम्बुले सरकारसँग माग गरे । सिक्किममा रोजगारीका लागि पूर्वी पहाडी जिल्लाबाट नेपालीहरु जाने गरेका छन् ।
    इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने सिक्किमा दुई जना नेपाली मात्रै बेपत्ता भएको जानकारी आएको बताए ।

    ‘दुईजना सम्पर्कविहीन भएको अनौपचारिक जानकारी मात्रै हो, औपचारिक होइन,’ उनले भने, ‘अन्य मानिस बेपत्ता भएको कुनै जानकारी आएको छैन ।’ लुचेन भन्दा दक्षिणपट्टीको बाँध भत्केका कारण लुचेनमा रहेकाहरु सुरक्षित छन् भन्ने आश रहेको उनले बताए । विद्युत र इन्टरनेट, टेलिफोन अवरुद्ध भएका कारण सम्पर्क स्थापना हुन नसकेको उनको भनाइ छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.