Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दशैंसँगै काठमाडौँ उपत्यका सुनसान, गाउँ घर रमझम छाउँदै

    ६ कार्तिक २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । दशैंसँगै काठमाडौँ उपत्यका सुनसान भएको छ । अधिकांश मानिस दशैं मनाउन उपत्यका बाहिर गएपछि काठमाडौँमा सुनसान भएको हो । अन्य समयमा व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि कम मात्र चलेको पाइन्छ ।

    दशैं लागेपछि काठमाडौँबाट दैनिक १ लाखसम्म यात्रु बाहिरिएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारसम्म उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।

    दशैं मनाउन धेरैजसो उपत्यका बाहिर गएको अवसरमा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ । व्यस्त रहेर भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीलाई अहिले दशैंको अवसरमा भने ट्राफिक व्यवस्थापनको झन्झट कम भएको छ ।

    उता गाउँ घरमा भने दसैँ भित्रिएसँगै रमझम छाएको छ , कमेरो र रातो माटोले पोटेको घर , साथीभाइ आफन्त बिचको भेटघाट, बारीको कान्लामा फुलेको ढकमक्क सयपत्री फूल , आकाशमा स्वतन्त्र गडेका चङ्गाहरू र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दसैँ आएको छनक मिल्छ । यसै गरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ।

    दसैँ परम्परासँग जोडिएका चङ्गा, पिङ मनोरञ्जनका माध्यम हुन् । यद्यपि यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ। 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

    २ दिन अगाडि

    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध

    ३ दिन अगाडि

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    ६ दिन अगाडि

    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

    २ हप्ता अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    ३ हप्ता अगाडि

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध
    २ दिन अगाडि
    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध
    ३ दिन अगाडि
    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने
    ६ दिन अगाडि
    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा
    २ हप्ता अगाडि
    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम
    ३ हप्ता अगाडि
    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
    ३ हप्ता अगाडि
    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार
    ३ हप्ता अगाडि
    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?
    ४ हप्ता अगाडि
    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन
    ४ हप्ता अगाडि
    सफल नेतृत्वको खोजी: शक्ति कि सेवा ?
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.