Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भूकम्पपीडितको बिजोग ः चिसोले एक महिने बालिकासहित ११ को मृत्यु

    ६ मंसिर २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    जाजरकोट  । 

    जाजरकोटका विभिन्न स्थानमा भूकम्पले घर भत्किएपछि चिसो थेक्न नसकेर दुई हप्तामा एकमहिने बालिकासहित ११ जना भूकम्पपीडितको मृत्यु भएको छ ।

    त्रिपालमुनिको बसाइ र लेकको अत्यधिक चिसोमा राहतबाट पाएको एकसरो कपडाको भरमा दिनरात बिताएका भेरी नगरपालिका २ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुता पुनको सोमबार जाजरकोट अस्पतालमा मृत्यु भएको थियो ।

    गत कार्तिक १७ गतेको भुईंचालोले घर क्षतिग्रस्त बनाएपछि त्रिपालमुनिको बसाइका कारण निमोनिया भएपछि जाजरकोट अस्पातलमा ल्याइएका ती बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

    भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाँउपालिकाका लेकाली भेगका बस्तीमा त्रिपालमुनिको बसाइमा पर्याप्त मात्रामा कपडा नभएपछि आगोको भरमा रात बिताएका बालबालिकाका साथै फोक्सो, मुटु, दमलगायतका दीर्घरोगीहरू अध्यधिक चिसोको कारण मृत्युवरण गर्न बाध्य छन् ।

    अत्यधिक चिसोका कारण एक हप्ताअघि सात जना दीर्घरोगीको मृत्यु भइसकेको छ भने त्यसयता पनि बारेकोट गाउँपालिका १ बयालाका ६० वर्षीय कर्णबीर बिक, बारेकोट गाउँपालिका ६ ताँसीका ५५ वर्षीय बीरबहादुर विक, भेरी नगरपालिका ४ का केशव भडेल मृत्यु भएको भेरी नगरपालिका २ का पूर्व वडाअध्यक्ष कालीबहादुर वलीले बताउनुभयो ।

    नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतका अनुसार कार्तिक १७ गतेदेखि आरामसँग सुत्न र खान नपाएपछि विभिन्न रोगले ग्रसित भएर दैनिक एक सयभन्दा बढी बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई खानाभन्दा सुत्नको चिन्ताले सताउने गरेको छ । नियामित औषधि खाने दीर्घरोगीले औषधि खान नपाएपछि झनै रोगले ग्रसित बन्न पुगेका छन् ।

    जिल्लाबाट आएको राहत सामग्री परिवारलाई एक थानका दरले वितरण गरे पनि त्यतिले चिसो छेक्न नसक्ने भएपछि भूकम्पपीडितहरू धमाधम बिरामी पर्न थालेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीको भनाइ छ । बारेकोट गाँउपालिका १ रामीडाँडा, सिल्पाचौर, वडानम्बर २ को मुल्साम, पारामुल्साम भेरी नगरपालिका २ रिसाङ्ग, वाहुनथाना, तिमिले, राङ्सी र कुशे गाउँपालिकाका ९ वटै वडामा अत्यधिक चिसो हुन्छ । त्यहाँ साँझ पर्न साथ चिसो सिरेटो चल्न हुन्छ, एक सरो लत्ताकपडाले चिसो छल्ने अवस्था छैन ।

    घर भत्किएपछि खेती लगाएको जमिनमा अस्थायी बसोबास गरिरहेका भूकम्प पीडितका त्रिपालबाट पानी परेजस्तै शीत चुहिएर ओड्ने ओछयाउने भिजेका हुन्छन् । निन्द्रा नलागेसम्म आगो ताप्ने निन्द्रा लागेपछि त्रिपालमुनि सुत्ने गरेका अधिकांशमा टाउको दुख्ने, रुघाखोकी, पखाला र निमोनियाको लक्षण देखिन थालेको छ । गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, बालबालिका र निमोनिया, दम, मुटुका दीर्घरोगीहरू रोगी समस्या परेका छन् ।

    भेरी नगरपालिकाको १ र २ नम्बर वडामा ३० जनाभन्दा बढी बालबालिका बिरामी परेका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरू बिरामी पर्न थालेपछि स्थानीयबासीले सरोकारवाला निकायसँग गाउँबस्तीमा स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

    ३ दिन अगाडि

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    ४ दिन अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    ४ दिन अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    १ हप्ता अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    २ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने
    ३ दिन अगाडि
    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    ४ दिन अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    ४ दिन अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    १ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    २ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    २ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    २ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.