Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भारतबाट ल्याइएका मुर्रा राँगा नेपाललाई हस्तान्तरण

    ७ मंसिर २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    नेपालगन्ज । भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानका वरिष्ठ पशु चिकित्सक डा. राजेश कुमारले राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याललाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्ट अन्तर्गतको होल्डिङयाडमा विहीबार मुर्रा राँगा हस्तान्तरण गर्नुभयो ।  

    बुधवार अपरान्ह ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा राँगा लोड गरेर पुगेका ट्रकलाई विभिन्न कागजपत्र नभएको भन्दै साढे चार घण्टासम्म रोकि राति अबेर मात्र नेपाल प्रवेश गर्न दिइएको थियो । विहीबार राँगा हस्तान्तरण गर्दै भारतीय पशु चिकित्सक राजेश कुमारले मुर्रा राँगाले भैंसीको नस्ल सुधारमा क्रान्ति ल्याउने बताउनुभयो । सो अवसरमा राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्यालले मुर्रा राँगाको माध्यबाट नेपालमा पशुपालनमा ठुलो उपलब्धी हासिल हुने बताउनुभयो । 

    प्रमुख अर्यालका अनुसार भारतबाट प्राप्त भएका १५ वटा राँगामध्ये तीन वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय बाँके गौघाट पठाइएको छ । सात वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र पाँच वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय लहान टोलीलाई बुझाइएको छ ।  

    राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोले राँगा बुझिसकेको जनाउँदै विहीबार नै लहान र पोखरातर्फ गाडीमा लैजाने बताउनुभयो । यसअघि भारतबाट आउने राँगा बुझ्न काठमाडौंबाट बुधवार विहानै पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याल नेपालगन्ज पुग्नुभएको थियो ।

    राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा. भाजुराम महतो र राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोको टोली पनि नेपालगन्ज पुगेको थियो । 

    भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रिय भैंस अनुसन्धान संस्थानबाट १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक ३० घण्टाको यात्रापछि यहाँस्थित जमुनाह नाका पुगेका थिए ।

    गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १५ वटा मुर्रा राँगा उपहारस्वरुप दिने घोषणा गर्नुभएको थियो । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    १ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    १ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ३ दिन अगाडि

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    ४ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ५ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ३ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ४ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ५ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.