Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    लाइसेन्सको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सबै प्रदेश तयार

    १ भाद्र २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरूले सहयोग गर्ने निर्णय गरेका छन् ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातवटै प्रदेशका यातायात मन्त्रीहरू र सचिवहरूको उपस्थितिमा छलफल भएको थियो । लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने लगायतबारे छलफल आयोजना गरिएको थियो । छलफलमा स्थानीय तहहरूको पनि सहभागिता रहेको थियो ।

    सरकारले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले विशेष किसिमको डिभाइसमार्फत सवारी लाइसेन्स भए/नभएकाबारे पत्ता लगाउने छन् ।

    ट्राफिक प्रहरीलाई उक्त डिभाइस उपलब्ध हुनसाथ यो नियम कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । सबै प्रक्रिया पूरा भएर ट्राफिक प्रहरीलाई मोबाइल डिभाइस उपलब्ध गराएपछि यो नियम लागु हुने विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

    केही प्राविधिक कुरा पूरा गरेर छिट्टै नै यो कार्यान्वयनमा ल्याउने दाबी विभागको छ । मोबाइल डिभाइसकालागि मापदण्ड बनाएर जुनसुकै निकायले पनि खरिद गरेर ट्राफिक प्रहरीलाई उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

    यो नियम लागू गर्नेबारे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच बुधबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

    त्यस्तै छलफलमा सवारी चालक अनुमतिपत्र सम्बन्धी विवरण सच्याउने,अद्यावधिक गर्ने लगायतका दैनिक सेवा प्रवाहसम्बन्धी कार्य प्रदेशका कार्यालयहरूबाट गर्ने र सोकालागि विभागले सफ्टवेयरमा ‘कस्टमाइजेसन एक्सेस’ लगायतका कार्यमा निरन्तर प्राविधिक सहजीकरण गर्नेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २२ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २२ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २२ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २२ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.