बिर्तामोड, झापा।झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ। आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी…
Author: सन्देश पोस्ट
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन गृह मन्त्रालयले निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्भावित घटना रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन आचारसंहिताको नियमित अनुगमन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेको हो। साथै, आचारसंहिता कार्यान्वयनका क्रममा गरिएका गतिविधिबारे नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।
रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
तरुण राई,१२ माघ २०८२ सोमबार, मेचीनगर । परिवर्तनको लागि युवा समूहको आयोजना तथा एक्का नेपाल र ग्लोबल गिविङ्गको सहयोगमा मेचीनगर –१५, अवस्थित ग्वाला बस्ती (मेची पारी)मा रहेको श्री मेची प्राथमिक विद्यालयलाई “विद्यालय कक्षा सुधार कार्यक्रम“ अन्तर्गत विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गरिएको छ। विद्यालय प्रधान अध्यापक लोकेन्द्र थपलियाले मेची पारीको नेपाल भनेर चिनिने क्षेत्रमा रहेको मेची प्राथमिक विद्यालय मेची नदीको कारण पुग्नको निम्ति भौगालिक कठिनाई रहेता पनि विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गर्नु भएकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनु भयो। एक्का नेपालको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारद्धारा विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति प्रदान गरिएका सामग्रीले विद्यालय कक्षामा…
काठमाडौं। नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ । आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय कारोबार यही खातामार्फत गर्नुपर्नेछ । आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन…
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकि छन् । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाे बताइन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी छन् । उनले निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् ।…
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानूनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै चौधरीको मनोनयन खारेज गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।” चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार थिए । उम्मेदवारी खारेज भएपछि सो क्षेत्रको चुनावी समीकरणमा प्रभाव…
मेचीनगर, माघ ६ ।आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । यस क्रममा झापा का सबै पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । झापा निर्वाचन क्षेत्र नं. १ मा भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आजको दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । नेपाली कांग्रेस का तर्फबाट केशबराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । पाण्डे मेचीनगर–७ का निवासी हुन् । त्यस्तै नेकपा एमाले…
काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आज साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्। रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पद त्यागेको जनाइएको छ। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए। माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले खरेलले आजै राजीनामा दिएका हुन्।
मेचीनगर । झापाको मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ वटा टिमको सहभागिता रहनेछ । आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार प्रतियोगिताको कुल अनुमानित खर्च रु. ७ लाख ९८ हजार ५ सय रहेको छ । खर्चमा प्रथम पुरस्कार ५१ हजार र दोश्रो पुरस्कार ३१ हजार रहेको छ । प्रतियोगितामा रेफ्री शुल्क, मैदान मर्मत, साउण्ड सिस्टम,…