Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

सुर्खेत। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताए। अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको उल्लेख गरे। उनले सम्बोधनका क्रममा नेत्रविक्रम चन्द विप्लवको विप्लवकै सुरक्षा घेरामा आफूले जनयुद्ध अघि बढाएको पनि बताए। यद्यपि उनले विप्लवसँग एकै ठाउँ रहेर अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। अहिले समाजवादी मोर्चाले सहयात्राको सम्भावना बढाएकाले उत्साहित…

Read More

ढाका । बंगलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेंगुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ । यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बंगलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।  स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण देखिएको थियो । अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेंगुको संक्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मंगलबार दुई…

Read More

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ । रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको छ ।

Read More

काठमाडौं : बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौँ । कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । आगामी शुक्रबारदेखि भुटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेर समूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन । सन् २०११ देखि सुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यस पटक नेपालले यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा छ । नेपालले आइतबार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद…

Read More

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ। नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय टोली नेपाल आएको हो। एमसीसी यही महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ। त्यसका लागि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका हुन्। एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

Read More

भद्रपुर । तीन वर्षीया बालिका निर्जला सिग्देलको घर नजिकै लाश भेटिएपछि भद्रपुर–९ प्रकाशपुर शोकाकूल बनेको छ । निर्जला आज दिउँसो घर नजिकैको केदारेश्वर मन्दिरमा आमासँगै गएकी थिइन् । भजन सुनिरहेको बेला मन्दिर बाहिर खेलिरहेकी उनी दिउँसो १२ बजेतिर एकाएक वेपत्ता भइन् । कतिपयले भारतीय भिखारीले फकाएर अपरहण गरेको अनुमान गरेर प्रहरीलाई खोजतलासका लागि अनुरोध गरे । तर, प्रहरी समेत लागेर खोजी गर्दा उनको शब घरबाट ५०० मिटरको दूरीमा सडकको नालीमा तैरिइरहेको अवस्थामा फेला पर्यो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले अपराह्न ३ बजेतिर शब फेला परेको जानकारी दिनुभयो । बालिकाको शवलाई पोस्टमार्टम जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर…

Read More

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनैपर्ने बताएका छन् । नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्ने पनि,’ उनले भने ।

Read More

सुनसरी । कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन्। ‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामाजिक–धार्मिक सदभाव बिथोल्न खोजिँदै छ, त्य‍‍ो हामी कदापि स्विकार्न सक्दैनौँ,’ कोइरालाले भने। धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए। उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सदभाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीलाई आग्रहसमेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रस्ट पारे। कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एन्ड क्लिन धरान अभियान-२०८०’…

Read More

काठमाडौं । ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा हिनामिनामा तीन सय १० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ। ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा हिनामिनामा तीन सय १० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ। ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा हिनामिनामा तीन सय १० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रतिवादीमध्ये चारजना पूर्वमन्त्री छन्। जसमा विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साह छन्। त्यस्तै, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल…

Read More