Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री दाहालले भने, “संहितालगायत सबै कानून कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।” उनले कतिपय कानून समयानुकूल संशोधन गर्दै जानुपर्ने भएकाले संशोधन पनि गर्दै जाने र कार्यान्वयनको पाटोमा पनि सबैले मिलेर छलफल गरेर जानुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले…

Read More

काठमाडौं । भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अधिकांश बैंकले १०।८९६५ ब्याजदर निर्धारण गरेका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०५ विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ…

Read More

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्सपेक्टर (प्रहरी निरीक्षक) होमप्रसार अधिकारी र धुलाबारीका अनिल मावोहाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै ९ सय ५८ इन्सपेक्टरको एकैपटक सरुवा गरिएको जनाएको छ । जसमा काँकरभिट्टामा रहेका इन्सपेक्टर अधिकारीको पनि सरुवा भएको उल्लेख छ । उनको जिल्ला प्रहरी कार्यालय धनकुटा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको उल्लेख छ । यसैगरी इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज समेत रहेका इन्सपेक्टर अनिल मावोहाङको पनि सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो सूचना विश्लेषण शाखामा सरुवा भएको जनाइएको छ ।

Read More

काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् ।…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्न तयारी गरेको छ । बोर्डले नतिजा सार्वजनिक गर्न साँझ ५ बजे बोर्ड बैठक बोलाएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज ५ बजे नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन् । प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गरिने स्पष्ट पारे । उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उनले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताए । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।…

Read More

रियाद, (एजेन्सी) । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल योगदान गरेपछि अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको फाइनलमा अल हिलाललाई २–१ गोलअन्तरले पराजित गर्दै अल नासर उपाधि जित्न सफल भएको हो । अल नासरको जितमा दुवै गोल टोलीका कप्तान समेत रहेका रोनाल्डोले गरेका हुन् । त्यस्तै, हिलालका लागि एक गोल माइकलले गरे । प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोल गरेर गोल्डेन बूट जित्न पनि सफल भए । उनले लगातार पाँच खेलमा गोल गर्ने क्रममा कूल ६ गोल गरेका थिए । सेमिफाइनलमा अल नासरको एक गोल मात्र उनले नै गरेका…

Read More

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा मन्त्रिपरिषद्को बैठक चारपटक बसे पनि सुन तस्करी र तस्करलाई कडा कारबाही गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल नै नभएको एक मन्त्रीले बताए । एक मन्त्रीले आइतबार नेपाल समाचारपत्रसँग भने– ‘त्यति ठुलो तस्करी भएको विषयलाई मन्त्रिपरिषद् बैठकमा गम्भीरतापूर्वक छलफल नै गरिएको छैन, यसमा प्रधानमन्त्री र गृहमन्त्री बढी संवेदनशील बन्नुपर्ने हो तर मन्त्रिपरिषद्मा उहाँहरू यस विषयमा चिन्तित नदेखिँदा आश्चर्य लागेको छ ।’ शुरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले २ साउनमा…

Read More

बार्सिलोना । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् । पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

Read More