काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा असन्तुष्टि रहेको बताए । ‘विधेयक शिक्षकमैत्री छैन । विधेयकको बुँदाहरु आपत्तिजनक रहेकाले आन्दोलन गर्न बाध्य छौं, त्यसको विस्तृत जानकारी भोलि दिन्छौं’ उनले भने । विधेयकमा शिक्षकलाई हटाउने वा बर्खास्त गर्ने व्यवस्था गरेकामा महासंघले आपत्ति जनाएको छ । त्यस्तै शिक्षकले कुनै राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने व्यवस्थामा पनि…
Author: सन्देश पोस्ट
मेचीनगर । मेचीनगरलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकार लक्ष्मी उप्रेतीले (सिस्नो)ले स्वेच्छिक रुपमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्यागेको घोषणा गरेकाछन् । आफ्नोा (फेसबुक)सामाजिक संजालमा उप्रेतीले लेखेकाछन् । २०५८ सालको अन्त्यतिर फाट्टफुट्ट लेख्दै गर्दा २०५९ साल बैशाख २१ गते सम्पन्न आधारभूत पत्रकारिता प्रशिक्षणमा सहभागी भएपछि, लेख्ने कर्मलाई निरन्तरता दिन थाले । लेख्ने कर्मले निरन्तरता पाउँदैँ गर्दा २०६१ साल मंसिर १० गते नेपाल पत्रकार महासंघको सदस्य प्राप्त गरे । मेरो सदस्यता नम्वर ६० हो । नेपाल पत्रकार महासंघ झापा शाखाको २०७० साल फागुन ५ गते सम्पन्न निर्वाचनमा महासंघको विधान २०६० को दफा १४ तथा निर्वाचन निर्देशिका २०६४ को दोस्रो संशोधन २०७०…
मेचीनगर । आगामी चार वर्षको लागि प्रवीण थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा वीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्ष चोलानाथ दाहाल सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा मनोज कट्वाल, हितेन्द्रमान मान श्रेष्ठ, सुरेश गुरागाईँ, अमित श्रेष्ठ, विनीत बास्तोला, कञ्चन उप्रेती, योगेन्द्र खड्का, जिवेश ओली, नारद नेपाल, तुलसी कार्की र हिमाल पोर्तेल विश्वकर्मा सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए । संघले क्रिकेट खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा सहभागी भएर विभिन्न रेकर्डहरू बनाउन…
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए। रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए। उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो…
काठमाडौं । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका निजी शिक्षालयका संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमक्ष सोमबार ७ बँुदे संशोधन प्रस्ताव पेस गरेका छन् । उनीहरूले ऐनको मस्यौदाको अध्ययन गरी संशोधन प्रस्ताव पेस गरेका हुन् । ती संगठनले आजबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई ७ बँुदे संशोधन प्रस्ताव पेस गर्ने भएका छन् । यसअघि आइतबार प्याब्सन कार्यालयमा बसेको बैठकले ७ बुँदे संशोधन प्रस्ताव तयार गरेको थियो । शिक्षामन्त्री राईसमक्ष पेस गरेको प्रस्तावमा मस्यौदाको उल्लेख भएको निजी…
मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए। उनले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिएका छन्। मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै डेङ्गुका…
दमास्कस । इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ । जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन भने चार जना घाइते भएका छन्। आक्रमणको बिरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय गरिएको छ। शहरमा विस्फोटको आवाज सुनिएको बताइएको छ । यसअघि पनि साढे दुई साताअघि पनि आक्रमण भएको थियो । त्यो समयमा दमास्कसका सात ठाउँलाई निशाना बनाइएको थियो। सैन्य स्रोतका अनुसार सोमबार बिहान करिब २ः२० बजे इजरायलले दमास्कस सहर वरपरका केही बिन्दुहरूलाई निशाना बनाएर कब्जा गरेको सिरियाली गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो। सिरियाली वायु रक्षा बलहरूले इजरायली सैनिकहरूलाई मारेर बदला लिएको जनाएका छन्।…
मेचीनगर । मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ । घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० निवासी २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ निवासी ३५ वर्षीया रमा सुनार धरौटी छुटेका छन् । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो । किन्डर गार्टेनका सञ्चालक काठमाडौँ–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने अझै पक्राउ…
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले बिहीबारदेखि शनिबारसम्म हतियार कारखानाको भ्रमण गरेका थिए । यसमा क्रुज मिसाइल र हवाई हतियार बनाउने कारखानाहरू पनि थिए। यस क्रममा किम आफैं हातमा बन्दुक लिएर गोली चलाएको देखियो । किमले सुपर लार्ज-क्यालिबर मल्टिपल रकेट लन्चर र ट्रान्सपोर्टर-इरेक्टर-लन्चरका लागि शेलहरू उत्पादन गर्ने कारखानाहरूको पनि निरीक्षण गरे। केसीएनएका अनुसार किमले युद्धको तयारीका लागि साना हतियारको आधुनिकीकरण सबैभन्दा महत्त्वपूर्ण भएको बताए । किमले देशको सुरक्षाका लागि हतियारको उत्पादन बढाउनुपर्नेमा जोड दिए । किमले विभिन्न प्रकारका अत्याधुनिक रणनीतिक हतियार निर्माण गर्न पनि आदेश दिएका छन् । उनले थप हतियार बनाएर क्रान्ति ल्याउनुपर्ने बताए । विज्ञहरूका अनुसार…
झापा । भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नु भएको छ । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गर्नु भएको हो । विर्तामोडमा आज पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भूटानमा दिनानुदिन संकट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भूटानका राजालाई पत्र पठाएको जानकारी दिनुभयो । उहाँले हाल…