काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न जाँदैछ । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनेछ । सुन तस्करी…
Author: सन्देश पोस्ट
काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । हिजो (शनिबार)को बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए । आज बाँकी नेताले धारणा राख्नेछन् । बैठकमा बोल्ने नेताहरूले पार्टी क्षयीकरण हुँदै गएको बताएका छन् । पार्टीमा भित्रिनेभन्दा बाहिरिने क्रम बढेको भन्दै उनीहरुले पार्टीलाई सबलीकरण र चुस्तदुरुस्त बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो । विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख…
काठमाडौँ। म्युजिक भिडियो कलाकार संघको अध्यक्षमा सम्झना बुढाथोकी चयन भएकी छन् । राजधानीमा आयोजित संघको छैठौं साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम, उपाध्यक्षमा शिवन पोखरेल, महिला उपाध्यक्षमा मञ्जिता केसी, महासचिवमा सुनिल लामिछाने, सचिवमा बिमल अधिकारी, महिला सचिवमा सारिका केसी, कोषाध्यक्षमा देवेन्द्र क्षत्री चुनिएका छन् । यस्तै सदस्यमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम, उषा सुवेदी र सञ्चिता शाही छानिए । संघको यसअघि अध्यक्षमा शंकर बिसी रहेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, वरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, वरिष्ठ गायक…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ । टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । यो टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको पनि भारतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
झापा, दमक नगर ईसाई समाजको आयोजनामा दमकमा जारी अन्तर ईसाई समाज मैत्रीपूर्ण फुटबलको उपाधि धरान ख्रीष्टिय समाजले जितेको छ । मिक्लाजुङ इसाई समाजलाई ४ का विरुद्ध ९ गोलले पराजित गर्दै धरानले उपाधि जितेको हो । आयोजक बी ले एलाई ४ का विरुद्ध ७ गोलले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको छ । कुल १२ टिम सहभागी प्रतियोगितामा आयोजक टिम ए, आयोजक टिम बी, मिक्लाजुङ मधुमल्ला इसाई समाज, चुलाचुली इसाई समाज, बिर्तामोड इसाई समाज र धरान ख्रीष्टिय समाज दोस्रो चरणमा प्रवेश गरेका थिए । विभिन्न क्षेत्रमा रहेका ईसाई समाजहरूबीच प्रेम र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दमक इसाई समाजका…
झापा, झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताउनुभयो । “अहिले…
टोकियो । जापानकाे राजधानी टाेकियामा २२ लाख येन खर्च गरेर एक युवा कुकुर बनेका छन् । कुकुरबाट वफादारीको अपेक्षा नगरे पनि उनी आफै वफादार कुकुर बनेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो पूर्ण सत्य हो । एक जापानी मानिसले आफूलाई कुकुरमा परिणत गर्न २२ लाख येन खर्च गरेका जापानी मिडियाले जानएकाे छ । जापानी मिडियाका अनुसार जापानी कम्पनी जेपेट, जसले टिभी विज्ञापन र फिल्महरूको लागि पोशाक बनाउँछ, उसले मानिसको लागि अति वास्तविक कुकुरको पोशाक बनाएको थियो र यो बनाउन उनीहरूलाई ४० दिन लागेको थियो । कम्पनीका प्रवक्ताका अनुसार यो मोडल कुली कुकुरको शैलीमा डिजाइन गरिएको हो, जुन पूर्ण…
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणकाे तयारी भएको जनाएको छ । २१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले पदमुक्त गरेकाे थियाे । सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो । मंगलबार तीनै…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ । हेर्नुहोस् आयल निगमको सूचना