Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाण्डाै । सरकारले बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विधेयक संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । सङ्घीय प्रणालीअनुसार नै शिक्षा क्षेत्रलाई अगाडि बढाउने योजनाअनुसार विधेयक ल्याइएको सरकारको भनाइ छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को विधेयक समितिले आवश्यक छलफलपछि विधेयक अगाडि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । यस्तै दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनःरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने झन्डै २० करोड २२ लाख रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने…

Read More

विराटनगर। बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले अन्ततः सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो । तीन करोड बिगो जरिबाना तिर्न नसक्दा लालबहादुर जेलमा थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र…

Read More

डा. इन्दुप्रसाद ढुङ्गेल, बढ्दो गर्मीसँगै पानी पर्न थालेपछि ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढ्छ । त्यसैले यो बेला अरु सङ्क्रामक रोग जस्तै आँखासँग सम्बन्धित भाइरल रोग फैलिन सक्ने जोखिम पनि बढेको छ। अस्पतालहरुमा पनि आँखाको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ । गर्मीयाममा आँखामा देखिने समस्या आँखामा किटाणुको सङ्क्रमण भयो भने आँखा रातो हुने, बिहान उठ्दा चिप्राले आँखा टम्म टालिने, आँखा पाक्ने, पोल्ने, बिझाउने, सुन्निने, बर्बरी आँसु आउने, पिरो हुने, दुख्ने लगायतका समस्या देखिन सक्छन् । आँखाको नानीमा समेत सङ्क्रमण भयो भने उज्यालोमा आँखा खोल्न गाह्रो हुने, आँखा चिम्लिन मन लाग्ने लगायतका लक्षण पनि देखिन्छन् । कसरी सर्छ…

Read More

विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विराटनगर महानगरपालिका-४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले  एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको  थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए  । अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ । साइकलमा घर…

Read More

हालसालै ट्वीटरको नयाँ लोगो सार्वजनिक गरेका एलन मस्कले नयाँ फिचर थप गर्ने योजना बनाएका छन् । उनले ट्वीटरमा वी च्याटजस्तै तर फराकिलो दायराका सुविधा थप्ने योजना बनाएका हुन् । ४४ अर्बमा ट्वीटर खरिदगरेसँगै उनले नयाँ नयाँ योजना अघि सारिरहेका छन् । वी च्याटलाइ सबै काम गर्ने एपको संज्ञा दिएका उनले ट्वीटरलाई पनि त्यस्तै बनाउन चाहेका हुन् । ‘अब ट्वीटरलाई हामी विस्तृत सञ्चारको माध्यम बनाउनेछौं र त्यहाँबाट वित्तीय कारोबारसमेत गर्न सुविधा हामी थप्ने छौं,’ उनले भनेका छन् । ट्वीटरमा वृहत्तर क्षेत्रका सुविधा थप गरेर आम्दानी बढाउने योजनामा उनी छन् । मस्कले खरिद गरेसँगै विज्ञापनको आम्दानी आधाभन्दा बढीले घट्दा ट्वीटर ऋणको भारमा…

Read More

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आज भएको बम विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पुष्टि गरेका हुन्। खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले पनि ४० को मृत्यु भएको जनाएका छन्। समाचार संस्था एएफपीसँग कुरा गर्दै अनबरले भने, ‘विस्फोटपछि अस्पतालमा लगिएकामध्ये ४० जनाको मृत्यु भइसकेको छ भने एक सय २३ घाइतेको उपचार भइरहेको छ।’  उनले आक्रमणकारी व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरु गरिसकेको बताए। अहिलेसम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। (एएफपीकाे सहयाेगमा)

Read More

– होमराज राई, मेचीनगर । ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस काँकरभिट्टा नाकामा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भएको छ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न…

Read More

धरान । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले कोशी प्रदेशमा भयावह स्थिती सिर्जना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कोशीमा तीन हजार हाराहारीमा डेंगु सङ्क्रमित भेटिएका छन् । त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिका डेंगुबाट अति प्रभावित भएको छ । धरानमा मात्रै दुई हजार एक सय सङ्क्रमित भेटिँदा सात जनाले ज्यान गुमाइसकेका छन् । पछिल्ला केही दिनयता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेंगु सङ्क्रमितले भरिभराउ हुन थालेपछि कोभिड–१९ अस्पताललाई रुपान्तरण गरी डेंगु अस्पताल बनाइएको छ । डेंगु संक्रमणबाट जेठ २३ गते यता चार महिला र तीन पुरुषको मृत्यु भइसकेको छ । अहिले पनि एक सय…

Read More

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा शर्माले कोशी प्रदेशका सभामुखले सांसदका रूपमा काम गर्नुलाई अदालतले असंवैधानिक भनेकाले सभामुखले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘सभामुखको पदमा बसेको मान्छेले सांसदको रूपमा हस्ताक्षर गर्नु गल्ती भएकै हो। त्यो कुरालाई अदातलले औंल्याएको छ’, महामन्त्री शर्माले भने, ‘कोशी प्रदेशका सभामुख महोदयले संसद चलाउन बस्दै गर्दा सांसदको रूपमा हस्ताक्षर गरेको कुरालाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको अवस्थामा मार्गप्रशस्त गर्ने कुरा राम्रो हुन्छ।’ उनले केन्द्रीय नेताहरूको आग्रहमा सभामुखले हस्ताक्षर गरको भए पनि अब सभामुखले त्यसलाई देखाएर पन्छिन नमिल्ने बताए। ‘म सभामुख हुँ तर मलाई केही गर्न बाध्य…

Read More

गलत दिशाबाट साइकल चलाएको निहुँमा एक जना मजदूरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाई यस्तो सजाय हुनुपर्ने प्रहरीको ठहर छ। पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो। मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने…

Read More