एजेन्सी , क्षमताभन्दा धेरै यात्री बोकेको डुंगा फिलिपिन्सको राजधानी मनिलानजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ। ४२ जना यात्री क्षमताको उक्त डुंगामा ७० जना सवार थिए। तालमा हुरी चलेको र त्यसबाट त्रस्त अधिकांश यात्री डुंगाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन्। डुंगामा अन्य यात्री पनि रहेका आशंका गरिएको छ। बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका वेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो। सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जलयातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन्।
Author: सन्देश पोस्ट
काठमाडौं : विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि उनीविरुद्ध सोही समूदायले उजुरी गरेका थिए । उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन् । सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
ट्युनिसियाको तटीय गार्डले यो वर्षको पहिलो ६ महिनामा डुंगाबाट युरोप जाने क्रममा मरेका ९०१ जनाको शव भेटिएको देशका गृहमन्त्री कामेल फेकीले बुधबार संसद्लाई बताए । ‘जनवरी १ देखि जुलाई २० सम्म ३६ ट्युनिसियाली, २६७ विदेशी आप्रवासी र बाँकी पहिचान नभएका शव समुद्रबाट निकालिएको छ,’ विदेशमन्त्री फेकीले बताए । उनका अनुसार यस अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब–सहारा अफ्रिकाका रहेको बताइएको छ । उत्तर अफ्रिकी देश ट्युनिसिया युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ । ट्युनिसिया युरोपियन मुलुक इटलीको…
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको घोषणा गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको थियो भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको छ । राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ । त्यस्तै बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न विश्व तथा क्षेत्रीय नेताले गरेको आग्रह सेनाले बेवास्ता गरेको छ । संयुक्त राष्ट्र संघ, अफ्रिकी संघ र युरोपेली संघले पनि सैन्य विद्रोहको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् । सेनाले गए राति १०…
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ । अदालतले बिहीबार पुनः संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । सर्वोच्चले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएका कारण आगामी दिनमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गर्नसक्ने बाटो बन्द भएकोे छ । जसले गर्दा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको नेतृत्वमा सरकार बनाएको दलहरूले उपधारा (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत अर्थात ४७ सांसदको समर्थन ल्याउन सक्ने अवस्था देखिँदैन ।…
काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। स्थानीय कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गरिदिने भन्दै उनले घुस लिएका हुन्। घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट उनलाई पक्राउ गरेको हो।
ताप्लेजुङ । मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएको पहिचान खुलेपछि गाउँ शोकमय बनेको छ। झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय जिनेत्द्रमणिविक्रम वनेमको मृत्यु भएको खबरले गाउँ शोकमय बनेको हो। बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप मङ्गलबार दिउँसो फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी घाइते एक जनाको पाँचथर अस्पतालमा उपचारको क्रममा निधन भएको खबर सञ्चारमाध्यमहरूमा आए पनि सुरुमा पहिचान खुल्न सकेको थिएन। पछाडि मृतकको पहिचान खुल्दा वनेमको निधन भएको थाहा हुन आएपछि ढुङ्गेसाँघु गाउँ…
एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो । हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ ।
झापा । भारतबाट सामान ल्याउँदा एक सय रुपैयाँभन्दा बढीको भन्सार शुल्क लाग्ने नयाँ नियमको विरोधमा आज काँकरभिट्टाका साना व्यापारीले नाकामा अवरोध गरेका छन् । नेपाल सरकारले केन्द्रमा यस्तो नियम बनाएपछि यसको कार्यान्वयन यही साउन १ गतेदेखि देशैभरका भन्सार नाकाहरुमा भइरहेको छ । विरोधमा उत्रिएकाहरुको दावी अनुसार दैनिक भारतीय सीमावर्ती बजारमा गएर अलिकति सामान किनेर ल्याउने साना व्यापारी र सर्वसाधारणलाई यो नियमले मार परेको छ । काँकरभिट्टामा महिलाहरुको अधिक सहभागिता रहेको जुलुसले भन्सार कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै नाकामा यातायात अवरोधको प्रयास गरेको थियो । मेचीनगर होटल व्यवसायी संघले समेत भन्सारको नयाँ नियमको विरोध गरेको छ । प्रदर्शनमा होटल व्यवसायीहरुको समेत…
एजेन्सी। क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् । स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ । ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ ।भवन भत्केको खबर पाउने वित्तिकै घटनास्थल पुगेका एक जना समाजसेवीले एउटा शिशुलाई…