काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी तीव्र बनाइएको छ । साउन १७ गते राजधानीको प्रज्ञा भवनमा बस्ने तय भएको बैठकका लागि केन्द्रीय कार्यालयबाट आवश्यक तयारी भइरहेको हो । यस्तै महासचिव देव प्रसाद गुरुङले पनि बैठकको तयारीका सन्दर्भमा मातहतका कमिटीलाई सर्कुलर पठाउनेदेखि आवश्यक समन्वय र गृहकार्य गरिरहेका छन् । बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले इटाली भ्रमणबाट फर्किएपछि आवश्यक काम गर्ने बताइएको छ । त्यसअघि केन्द्रीय कार्यालयबाट आवश्यक ड्राफ्ट तयार गर्ने क्रम चलिरहेको छ । स्रोतका अनुसार बैठकमा नेपाल समाजवादी पार्टीसँग एकता गर्नेसहितका विविध राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै सांगठनिक विषयका साथै…
Author: सन्देश पोस्ट
काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ । ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ ।…
विराटनगर । प्रदेशको नाम कोशी राखिएको प्रति असन्तुष्ट संघ–संस्था एवं राजनीतिक दलहरूले ‘निर्णायक आन्दोलन’ को तयारी भन्दै संयुक्त युवा दस्ता बनाइरहेको छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ लगायत सामाजिक संस्था र पहिचानलाई एजेण्डा बनाइरहेका दलहरूले संयुक्त दस्ता निर्माण गरिरहेको हो । ‘हामीले त्यो दस्ताको नाम ‘पहिचानका लागि युवा’ राखेका छौं । जिल्ला–जिल्लामा बनिरहेको यो दस्ताले स्वयंसेवकको काम गर्नेछ’ यसका केन्द्रीय सदस्य सचिव साहस राई भन्छन् । यो संयुक्त दस्ताको संयोजक भीम राई छन् । यायोक्खाका तर्फबाट उनी संयोजक रहेका हुन् । बाँकी संस्थाहरूबाट सह–संयोजकहरू तोकिएका छन् । साहस भने गोपाल किरातीले नेतृत्व गरिरहेको किरात गणराज्य…
काठमाडौँ। एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ । विभागको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागले जनाएको छ। यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
लन्डन । प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ। दुवै जना मिलेर मात्रै बच्चा जन्मन्छ, जसअनुसार एउटी महिलाले ९ महिना गर्भमा राखेर जन्म दिन्छिन् । तर के तपाईंले कहिल्यै पुरुषले बच्चा जन्माएको सुन्नुभएको छ ? आजकाल इंग्ल्याण्डका एक जोडी चर्चामा छन् किनभने उनीहरुको एउटा बच्चालाई बुवाले जन्म दिएका छन् । डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् । तर, ती बच्चा (केटी) लाई प्राकृतिक नियम र तरिकावाट जन्मेकी भने होइनन, तीनलाई आफनो पीताले जन्म दिएका…
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै राँके जुलुस प्रदर्शन गरेको छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् । सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले सर्वसाधारणलाई कचकच तस्करलाई रजगज, सुन तस्करलाई पक्राउ गर, सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर, ‘सुन तस्करलाई फाँसी देलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सुनसरी । सुनसरीको धरान स्थित इटहरी -धरान सडकखण्डमा अहिले साँझ अन्दाजी ५:३० बजेको समयमा गोली हानी एक युवकको हत्या भएको छ । आज शुक्रबार बेलुका विराटनगर महानगरपालिका वडा नम्बर – ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानि हत्या भएको प्रहरीले जनाएको छ । उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । धनकुटाबाट घुमघाम गरि मोटरसाइकलमा विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो । प्रहरी स्रोतका अनुसार उनिसँगै सवार बिराटनगरकि सुमना खत्रीको अवस्था भने सामान्य रहेको छ भने युवकको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सेउतिपुलमा पानी खान भन्दै मोटरसाइकल…
मेचीनगर । पुर्वको प्रमुख नाका काँकरभिट्टा भन्सार कार्यालय हुँदै सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ । नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको भएपनि आजबाट भने पुर्णरुपमा यो नियम लागु गरिएको हो। मेची भन्सार कार्यालयले जारी गरेको सूचना अनुसार एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गरिएको छ । अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४…
झापा । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण झापा, मोरङ, सुनसरी लगायत कोशी प्रदेशको एघार जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईका अनुसार सात महिना यता झापामा २४ जना, मोरङमा २५ जना र सुनसरीमा २४२ जना डेंगुका बिरामी फेला परेका छन् । उहाँका अनुसार यो अवधिमा कोशी प्रदेशका एघार जिल्लामा डेंगु रोगीको संख्या ३५७ पुगिसकेको छ । मधेश, पहाड र हिमाली जिल्ला सबैतिर डेंगु फैलिएको पाइएको छ । गर्मी र बर्खा याममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला…
दाङ । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् । डिएसपी मल्लका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई…