झापा । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ। कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निणर्य लिएको हो । कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर उनले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ । गत असार २३ गते प्रशारित उक्त शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ । सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूणर्त रोकिएको जानकारी गराएको छ । टेलिभिजनले भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका…
Author: सन्देश पोस्ट
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘जाँच पासमा संलग्न सबै निलम्बन हुन्छन् ।’ विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको महानिर्देशक पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । बुधबार साँझ हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको ८० केजीभन्दा बढी सुन बरामद भएको हो । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
झापा । भद्रपुर–८ स्थित प्रादेशिक अस्पताल आसपास आगामी भदौ १ गतेदेखि सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो वडामा पर्ने प्रादेशिक अस्पताल लक्षित गरी पहिलो चरणमा अस्पताल आसपासको १०० मिटर (सार्वजनिक स्थल)मा सूर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउन लागेको हो । वडा कार्यालयले सो अभियान सफल बनाउन मंगलवारदेखि सन्देश तथा जनचेतनामूलक अभियान शुरु गरेको छ । वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भवनमा सूर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्र घोषणा तयारी बैठक सम्पन्न गरेपश्चात् अस्पताल वरिपरिको सडकमा होर्डिङ बोर्ड लगाउनुका साथै स्टिकर टाँस गरिसकेको छ । प्रदेश सांसद…
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको रेग्मीको भनाइ थियो । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको…
कराँची । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् । कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो। यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘उनीहरू राति अबेरसम्म मन्दिर भत्काए र हामीलाई थाहा थिएन कि यो भइरहेको छ।’ अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको मिश्रले बताए । उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको…
काठमाडौं । सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ । आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै नै फेरबदल गरेको छ । १ साउनदेखि बिलासिता शुल्क, वैदेशिक रोजगार सेवा शुल्क, वैदेशिक पर्यटन शुल्क कार्यान्वयनमा आउनेछन् । सरकारले बिलासिताका वस्तु तथा सेवा भनेर परिभाषित गरेका पाँच तारे र सोभन्दा माथिल्लो स्तरका होटलबाट सेवा लिँदा २ प्रतिशत बिलासिता शुल्क बुझाउनुपर्ने छ । त्यस्तै, मदिरा आयात गर्दा भन्सार विन्दुमै २ प्रतिशतका दरले बिलासिता शुल्क लाग्नेछ भने १० लाख रुपैयाँ भन्दा बढी मूल्यका हिरा, मोती, पत्थर…
झापा । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्घड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात ९च्योङ्हरू० सङ्कलन गरी ल्याउने गर्दछ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको…
नेपाली महिला राष्ट्रिय फुटबल टिम बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ। दोस्रो खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-२ गोलको जित निकाल्यो। नेपालको जितमा गोलकिपर अन्जना राना मगरले उत्कृष्ट खेल देखाइन्। ९० मिनेटमा एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान छिरेकी अन्जनाले बंगलादेशकी शेउली अजीम र मारिया मान्डाको प्रहार विफल पारिन्। नेपालका लागि अन्जना स्वयमले पेनाल्टीमा गोल गर्न सकिनन्। बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित सहिद सिपाही मोहमद मुस्ताफा कमल रंगशालामा भएको खेलको ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। यसअघि घरेलु टिम बंगलादेशविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले एक एक गोलको बराबरी खेलेको थियो। इन्जुरी टाइमको दोस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाले…
दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ । सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ । स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही…