Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

तरुण राई, मेचीनगर । विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ वृक्ष रोपण र सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएकाे छ । ‘परिवर्तनका लागी यूवा’ समुह र हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबको आयोजना, एक्का नेपाल र मगुरमाडी समुदाय वन समितिको सहयोगमा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हातेमालो विकास टोल क्षेत्रमा सरसफाई सहित ‘विश्व वातावरण दिवसको २०२५’ सम्पन्न भएको छ। मगुरमाडी समुदाय वन समितिका अध्यक्ष अमर लिम्बूले “हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकका सामग्रीहरुमा हुने ‘माइक्रो प्लास्टिक’मा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), भारी धातुहरु, प्लास्टिसाइजरहरु, पफ्थालेट् जस्ता विषालु पदार्थ हुने गर्दछ…

Read More

मेचीनगर, झापा ।झापा जिल्लाको मेचीनगरस्थित मेचीनगर ईसाई समाजको पहिलो वार्षिक साधारण सभा आगामी असार १६ गते हुने भएको छ। उक्त निर्वाचन समितिले असार १६ गते साधारण सभाकाे मिति तय गरेको हाे । समाजको जेठ १६ गते बसेको अन्तिम कार्यसमिति बैठकले नयाँ कार्यसमिति निर्माणको प्रक्रिया अघि बढाउनको लागि निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिको संयोजकको जिम्मेवारी रेभ. एनोस गजमेरलाई दिइएको छ भने समितिका सदस्यहरूमा रेभ. गोपाल खनाल र ए. रमेश गुरुङ रहेका छन्। सल्लाहकारको रूपमा पास्टर रामकुमार थापा र रेभ. फादर दशरथ खडिया छन्। समाजका अध्यक्ष पास्टर राजु खड्काले आफूले २०७९ सालदेखि सम्हाल्दै आएको अध्यक्षको कार्यकालमा परमेश्वरले समाजमार्फत गराउनु भएका…

Read More

काठमाडौँ। संयुक्त जनआन्दोलन समितिले भोलि (जेठ १९ गते) काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन्। “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ । आज काठमाडौं नारायण चौरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक…

Read More

– होमराज राई, नेपालको पहाडी भेगमा जन्मिएकी एक सानो सपना बोकी पढेर केही बन्ने, घर सुधार्ने र भोलिको लागि आशा राख्ने सुन्तली। तर जब त्यो उज्यालो सपना सामाजिक सञ्जालभित्र भुमरीमा फस्यो, त्यही उज्यालोले उसको जीवनलाई अँध्यारोमा पुर्‍यायो। सुन्तली (नाम परिवर्तन), वर्ष १७ की किशोरी, पूर्वी नेपालको गाउँबाट सुरु भएको उनको यात्रा कुवेतको एक पाँचौ तल्लाको बन्द कोठामा टुंगिएको छ । जहाँ न आकाश देखिन्छ, न त घाम, घर सम्झेर आफै रुने अनि आफै शान्त हुने । मायाको झूटो जाल सुन्तलीले २०२४ को प्रारम्भतिर, घरको पुरानो मोबाइलमा फेसबुक चलाउन सिकिन्। केही महिना नबित्दै उनको ‘फ्रेन्ड रिक्वेस्ट’ मा एक अनजान नाम देखियो—“प्रकाश…

Read More

राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो…

Read More

१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ…

Read More

बिर्तामोड । मंगोल नेशनल अर्गनाइजेसन झापाले १८औँ गणतन्त्र दिवसको अवसरमा बिर्तामोड मुक्तिचोक आसपास बजारक्षेत्र र्यालीसहित अतिथि सदन सभा हलमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सानबहादुर मेचे थिए। विभिन्न क्षेत्रबाट उपस्थित नेताहरू, समाजसेवीहरू र कार्यकर्ताहरूले गणतन्त्र दिवसको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रम प्रमुख अतिथि मेचेबाट मैनबत्ती बालेर उद्घाटन गरियो। आफ्नो मन्तव्यमा प्रमुख अतिथि मेचेले लोकतान्त्रिक गणतन्त्र सबै नेपालीका लागि समान रूपमा महत्वपूर्ण रहेको उल्लेख गरे । गणतन्त्रलाई जोगाउने जिम्मेवारी हाम्रै हो उनले भने। उनले मंगोल विचारधाराका प्रणेता डा.गोपाल गुरुङको त्याग र बलिदानको स्मरण गर्दै भने, गणतन्त्र भनेको डा. गुरुङको बलिदानको प्रतिफल हो। त्यसैले मंगोलहरूले गणतन्त्रलाई विशेष महत्वका…

Read More

काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार ६२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाँकी ३ जना नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई प्रतिवादी बनाएर अदालतमा अभियोजन दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।…

Read More

इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङगाउँपालिकाको एकै वडाका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु दुई युवती र एक जना पुरुष रहेका छन् । प्रहरीका अनुसार विषाक्त च्याउ खाँदा माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको भने आज झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

Read More

झापा ।करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले सन्देश पोस्ट डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी व्यक्त…

Read More