काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए । अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए । बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए । उनीहरुलाई…
Author: सन्देश पोस्ट
काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन…
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । ‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
काठमाडौं । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लाग्नुभएको छ । सरकारलाई जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू हेरफेरका विषयमा आफ्ना निकटका नेताहरूसँग छलफलमा हुनुहुन्छ’, नेकपा माओवादी केन्द्रका एक नेताले भने– ‘कार्य मूल्याङ्कनमा कसैले नराम्रो काम गर्नुभएको छ, राष्ट्र तथा पार्टीको हितविपरीतमा काम गर्नुभएको छ भने त्यस्तालाई सरकारमा राख्न हुँदैन भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड पनि हुनुहुन्छ तर अहिले त्यस्तो अवस्था आएको छैन…
काठमाडौं। सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो। सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन ‘एनए-एमभी कलसाइन’ भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।
एजेन्सी, मेटा स्वामित्वको लोकपि्रय मेसेजिंग एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुका लागि नियमित रुपमा नयाँनयाँ फिचर ल्याउने गरेको छ । यसै क्रममा ह्वाट्सएपले हाल वेब भर्सनमा ह्वाट्सएप प्रयोग गर्नेका लागि नयाँ फिचर ल्याउने सन्दर्भमा काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा ह्वाट्सएप लगइन गर्नका लागि फोन नम्बरको प्रयोग गर्न सक्नेछन् र अहिलेको जस्तो क्यू आर कोड प्रयोग गर्नुपर्ने छैन । WABetaInfo का अनुसार यो फिचर हालका लागि केही एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको छ । यो फिचर २.२३.१४.१८ भर्सनमा उपलब्ध रहेको बताइएको छ । कतिपय बिटा भर्सन प्रयोग नगर्ने ह्वाट्सएप प्रयोगकर्ताले पनि यो नयाँ फिचर देख्न…
विराटनगर । कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।
एजेन्सी । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा बिहान ४स्१५ बजे भएको थियो। यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ । उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीले यो व्यवसायिक जेट पूरै जलेको थियो। यस दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही…
काठमाडौं । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ । अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले थापालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले समेत समर्थन गरेका छन् । संविधानको धारा १६८ को २ अनुसार…