काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको छ। प्रतिक्रिया दिनुहोस्
Author: सन्देश पोस्ट
मेचीनगर । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भद्रपुर वडा नं. ७ देउनियाका ५३ वर्षीय गिरेन कर्माकारको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । प्रहरीका अनुसार आज विहान घरबाट पश्चिम हल्दिबारी–२ स्थित महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न जाँदा हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।
रासस । काठमाडौँ । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।
विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् । आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले १४ असारमा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा १४ असारमा प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले १ अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आइतबार दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार बजेट विनियोजन गरेको छ भने पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैँया बजेट विनियोजन गरेको छ । यसैगरी, वित्तीय व्यवस्थातर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख…
काठमाडौं – आज (आइतबार) देखि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिने भएकाे छ। अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुनुभएको छ । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो । राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै सो ऐन…
झापा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले झापाको बिर्तामोडमा रहेको नबराज विमलीको घरमा कालो झण्डा गाडेको छ ।नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाले घर कब्जाको घोषणा गर्दै घरमा आज दिउँसो कालो झण्डा गाडेको हो । बिर्तामोड नगरपालिका – ५ स्थित कृषि थोक बजारमा रहेको विमलीको तीन तले घर कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का केन्द्रीय सदस्य सुमनसिंहले जानकारी दिनुभयो । बिमली झापाका ठूला मिटरब्याजी रहेको र उनले धेरैलाई घरबार विहीन बनाएको भन्दै पार्टीमा उजुरी परेपछि पार्टीले जनकारवाही स्वरुप घर कब्जा गरिएको बताइएको छ । बिर्तामोडस्थित मुक्तिचौक नजिकैबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिटरव्याजी विरुद्ध नारावाजी गर्दै विमलीको…
झापा । पत्रकार तिर्थराज खरेल यसवर्षको हेमकला-टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुंगाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरेको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशिल खरेल अनुभवी र सिद्धहस्त हुनुहुन्छ । कनकाई खबर साप्ताहिकका सम्पादक राम निरौलाको परिवारले आफ्ना आमा–बुवाको नाममा सो पुरस्कार स्थापना गरेको हो । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा खरेललाई पुरस्कार वितरण गर्नु भएको छ । रोटरीको विशेष कार्यक्रमका अवसरमा प्रदान गरिने यो पुरस्कार यसअघि यलम्बर टाइम्सका सम्पादक…
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो । रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर–३ को माओवादी पार्टी कार्यालयनजिकै दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७ जना घाइते भएका छन् । गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।