Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

ढाका। बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए । स्थानीयवासीले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेका थिएनन् । बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै…

Read More

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको छ । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनीहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन…

Read More

काठमाडौं । असार ३ गते साँझ पौने ८ बजे बीआर ०६ जीई ५०५३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक मकवानपुरको रातमाटेमा प्रहरीले नियन्त्रणमा लियो । सिरहाबाट हेटौंडा आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा फेला परेका सामान देखेर प्रहरी नै चकित पर्‍यो । सो ट्रक भन्सारबाट १६८ बोरा प्याज रहेको भनेर पास भएको थियो । तर, ट्रकभित्र ९० बोरा कपडा लगायतका वस्तु फेला परे । मकवानपुर प्रहरीको प्रारम्भिक अनुमानअनुसार बरामद भएका कपडाको मूल्य करिब एक रोड ५५ लाख रुपैयाँ छ । ट्रकमा एक करोड २८ लाख ९६ हजार रुपैयाँको पाइन्टका कपडा, तीन लाख रुपैयाँको सुटको कपडा, १६ हजार रुपैयाँको सर्टका कपडा,…

Read More

काठमाडौं । सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ । अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विधेयक प्रमाणीकरण गर्न वर्तमान राष्ट्रपतिसमक्ष पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी सजाय मिनाहा, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारका विषयवस्तुदेखि बजेटका सम्बन्धमा समेत एमालेले सदनदेखि सडकसम्म निरन्तर खबरदारी गरिहेको छ । पछिल्लो समयमा बजेटको विषयले सदनमा अझै चर्काचर्की चली नै रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयलाई लिएर एक हप्ता सदन अवरुद्ध गरेको एमालेले यसअघि पशुपतिनाथमा राखिएको सुनको जलहरीका विषयमा पूर्वप्रधानमन्त्री…

Read More

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ। मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो। प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ। यस्तो छ भाडा सूचीः

Read More

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङकाे  विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५  मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय बसन्त बस्नेत र भोजपुर रामप्रसादराई गाउँपालिका-४ बस्ने २५ वर्षीय प्रजा कुमार राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बर्दियाकाे बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-९ बस्ने १६/१६…

Read More

काठमाडौं । महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा घोषणा गरेकी छिन्। मेयर बालेन्द्र साहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले मेयर साहको पछिल्लो समय शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेलगायत कार्य लोकतान्त्रिक नभएको र उनी भिडको मनोविज्ञानमा लागेको आरोप लगाउँदै आफू जिम्मेवारीबाट अलग भएको बताएकी छिन्।

Read More

झापा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

Read More

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ।  मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे।उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ…

Read More

धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो। मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ।

Read More