एजेन्सी । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए । यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको यकिन संख्याको जानकारी भने पाउन सकेको छैन । उक्त दुर्घटनामा १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन् । तर, अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन, यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ ।’ पाकिस्तानले ग्रीसमा भएको…
Author: सन्देश पोस्ट
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले लामो छलफल र जनताको चाहनाअनुसार आजको संकटबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिक छटपटी, निराशा र आशाको दोधारमा रहेको अवस्थामा यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहनाअनुसार मोर्चा गठनको निष्कर्षमा आफुहरू पुगेका बताए । उनले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड दिने जिकिर गरे । मोर्चाले नेपाली जनताको समाजवादप्रतिको चाहाना पूरा गर्ने जिकिर गरे ।
झापा । झापामा एक कैदीबन्दीकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ । आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएकाे र उनकाे साेही अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे झापा कारागार प्रमुख माेहनलाल पनेरुले जानकारी दिए। लागू औषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल विताइरहेका थापाकाे कैद समयावधि ५ बर्ष रहेकाे थियाे ।
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गरे । प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, “यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो…
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् । सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा,…
काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनलले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ । आइतबार सो कम्पनीले मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो । विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै सो कम्पनी प्रष्टीकरण दिएको हो । कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै कम्पनीले माफीसमेत मागेको छ…
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ: १. तरबुजातरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ। यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो। तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ। यो पानी सँगै भिटामिन ‘ए र सी’को पनि राम्रो स्रोत हो। भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ। भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। तरबुजामा भिटामिन बी६ र पोटासियम पनि हुन्छ। पोटासियमले…
काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्स एप त धेरैले चलाइन्छ, तर यसमा भएका कतिपय फिचरहरुको बारेमा धेरैलाई थाहा नहुनसक्छ । ह्वाट्सएपमा यस्ता विभिन्न फिचरहरु छन् जुन निकै उपयोगी हुनुका साथ दैनिक जिवनमा समेत आवश्यक पर्दछन् । ती मध्ये ५ वटा फिचर यस्ता छन् । यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोलेर Settings मा गई Privacy खण्डमा जानुहोस् । त्यहाँ रहे Profile Photo मा ट्याप गरी My Contacts वा My Contacts Excepts मध्ये कुनै एउटा अप्सन छान्नुहोस्। त्यसपछि आफ्नो प्रोफाइल फोटो नदेखाउन चाहेका नम्बरहरुलाई मार्क गर्नुहोस्। यति गरिसकेपछि उक्त फोन नम्बरका मान्छेहरुले तपाइँको ह्वाट्सएपको प्रोफाइल फोटो देख्न पाउँदैनन्। एजेन्सीको सहयोगमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोप लागेका नेताहरुको प्रतिरक्षा गर्न नहुने बताएका छन् । शनिबार काठमाडौं मा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्ता घटनामा कुनै पनि दलले आफ्नो पार्टीको अमुक नेतालाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने धारणा राखेका हुन् । ‘मेरो पार्टीको अमुक नेता चाहिँ निर्दोष हुनुहुन्छ, फसाउन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ, संविधान छ, अख्तियार छ, अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ, लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनुभयो । नख्खु…
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ ।