Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो । कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् । जथाभावी राखिएका टिकट काउन्टरले…

Read More

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बसेको छ । बैठक आज (शुक्रबार) बिहान साढे ८ बजेदेखि शुरु भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयको बैठकमा समाजवादी मोर्चाको विषयमा छलफल भइरहेको खतिवडाले बताए ।

Read More

मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै पत्रकारहरुको संस्था प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ। महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए । आचार्यले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेको बताए । उनले यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएको बताए । महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिति माग गरिएको छ । राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेकोमा एमाले निकट…

Read More

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा…

Read More

झापा । पूर्वी नाका झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । हतियारधारी तथा बर्दीधारी पाँच जना सशस्त्र प्रहरीलाई सादा पोसाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीन जनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो । इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ, भने…

Read More

धरान । खानेपानीको चरम अभावका कारण केही दिनदेखि काकाकुल बनेको सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ। धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो। धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट धरान ल्याइएको हो। ९८ दिनसम्म चलाइएको जनश्रमदानबाट मंगलबार धरानमा खानेपानी भित्राइएको मेयर साम्पाङले बताए। उनले कोकाहा खोलाको पानी धरान ल्याइएसँगै धरानबासीलाई खानेपानी वितरणमा केही सहज हुने बताए। धरानमा पानी झारिएपश्चात पानी हेर्न धरानबासीहरूको भीड लागेको थियो। धेरै जसोले पानी झारेको स्थानमा नुहाएर खुसी व्यक्त गरेका थिए। कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले करिब…

Read More

अबुजा । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको हो भने सयौँ जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट पार्किरहेका थिए । त्यसपछि डुङ्गा पल्टियो । डुंगामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घन्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।…

Read More

काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका हुन् । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

Read More

फ्लोरिडा । विश्वका धनी व्यक्ति एलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेपछि उनको अन्तरिक्षमाथिको पकड क्रमशः बलियो बन्दै गएको छ । अमेरिकन सञ्चारमाध्यमका अनुसार ट्विटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो । अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो । समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरणस्थलमा फर्किएको…

Read More

काँकरभिट्टा । ‘विश्व बालश्रम विरुद्धको दिवस’ आज एक कार्यक्रमका बीच झापाको काँकरभिट्टामा पनि मनाईयो । ‘बालश्रम रोकौं, सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ सोमबार काँकरभिट्टाका ९ वटा संस्थाले संयुक्त रुपमा र्याली निकालेका थिए । बालबालिकालाई पढाऔं, मेहनत मजदुरी नगराऔं, सानो हातमा कलम थमाऔं, देश अन्धकार हुनबाट जोगाऔं , भविष्यका कर्णधार हुन् , बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड सहित निस्किएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । नेपाल प्रहरीसहित समुदायीक सेवासँग सम्बन्धीत सरोकारवाला संघ संस्थाहरुको संयुक्त आयोजना आज सोमबार दिवस मनाईएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा,…

Read More