Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

झापा । झापाको खुदुनावारी,बुढी सुखानी, गगटे हुँदै माइनगर पालिका ४ को सात तले गिटिडाँडा अवस्थित पर्यटकीय सुन्दर स्थलहरु निर्माण भएको छ। प्रदेश सरकारबाट पन्द्रलाख रुपयाँको बजेटमा निर्माण भएको गिटिडाँडाबाट झापाको बिर्तामोड ,काँकडभिट्टा ,पानीटेङ्की, इलामको सानो बर्दु , बतासे , फिक्कल , कन्याम, हर्कटे, मैनाचुली र श्रीअन्तुबाट जस्तै घाम देख्न सकिन्छ । यो डाँडापनी पर्यटक आगन्तुकहरुको निम्ति रमाइलो र मनमोहक हुने कुरा स्थानिय वासी स्रोतले बताएको छ।

Read More

मेचीनगर । प्रत्येक वर्षको जून महिनाको १२ तारिखमा विश्वभरि विश्व बाल श्रम विरुद्धको दिवस मनाउने गरिन्छ । बालश्रमका विरुद्धमा विविध कार्यक्रम गरेर प्रत्येक वर्ष नेपालसहित विश्वभर यो दिवस मनाउने गरेको पाइन्छ । बालश्रमका विरुद्धमा विविध कार्यक्रम गरेर भोलि जुन १२ मा नेपालसहित विश्वभर यो दिवस मनाउनेछ । यो दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाजका साथै विश्वभरका लाखौँ मानिसहरूलाई बालश्रमको दुर्दशाका बारेमा आवाज उठाउने गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले सन् २००२ देखि अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउन थालेको हो । बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक…

Read More

झापा / मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्लाको समन्वयमा मंगोल रिसर्च सेन्टर सभाको आयोजनामा महामानव डा.गोपाल गुरुङको ७ औं वार्षिक स्मृति सभा तथा सालिक अनावरण कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ। मेचीनगर २ शान्तिटोल स्थित मंगोल रिसर्च सेन्टरमा भएको सो कार्यक्रममा पश्चिम दाङ देखि यता करिब ४०/४२ जिल्लाहरुबाट आएको र ५/६ हजारौंको संख्यामा उपस्थित रहेको स्रोतले जनएको छ। कार्यक्रममा विभिन्न जिल्लाका कार्यकारी पधाधिकारी विशिष्ट अतिथी,अतिथिहरुबाट मंगोलको अस्तित्व र ऎतिहासिक यथार्थ बारे बताउँदै चुनौतीका साथ आफ्ना भनाईहरु राखेका थिए। Facebook Comments Box

Read More

मेचीनगर । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ । शनिवार मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको एक समारोहबीच चराविज्ञ तथा कोशी टप्पु बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले रिबन काटेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको खोज तथा फोटोग्राफी गरेर पर्यापर्यटनको विकास र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । एक वर्ष अघि खरेलकै नेतृत्वमा स्थापना भएको संस्थाले हाल मेचीनगर, रोङ लगायतका पालिकाहरुमा चराहरुको खोजी तथा संरक्षण अभियान सञ्चालन गरिरहेको छ । कार्यक्रममा खरेलले आफुले खोज गरेका र मेचीनगरमा भेटिएका चराहरुका बारेमा…

Read More

काठमाडौं । एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली महिला टिम आज बिहान ११ बजे हङकङ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान ७ बजे नै राष्ट्रिय टिमको बिदाइ गरेको थियो । १२ जुनदेखि हुने प्रतियोगिताका लागि यसअघि नेपालले मलेसियासँग ५ खेलको शृंखला खेलेको थियो । नेपालले यस प्रतियोगितामा समूह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोलीसँग खेल्नेछ । समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

Read More

जुम्ला । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न…

Read More

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधनसमेत गरेका छन् । आक्रोश युक्त भाषण गरेका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथी  बारम्बार प्रश्न उठाएका थिए । उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । अब राजादेखि विप्लब माओवादीसम्म अट्ने राज्य प्रणाली बारे बहस हुनुपर्नेमा थापाको जोड थियो । देशमा भएका ठूला भ्रष्टाचारका काण्डको फाइल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्नेमा थापाको भनाई थियो । आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनको क्रममा नयाँ  बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले वाईडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस…

Read More

जेठ २५, २०८० बिहीबार, काठमाडौं : देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘हालको तल्लो र उपलल्लो वायुमण्डलको अध्ययन र विश्लेषअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट…

Read More

झापा । नेपाली ख्रीष्टियन नागरिक संघको केन्द्रीय ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बुद्धशान्ति गाउपालिका स्थित बुधबारे एनइबिसी चर्च भवनमा भएको बन्द सत्रले पुनःपास्टर हरिकुमार मगरलाई चयन गरेका छन् । त्यस्तै संघको उपाध्यक्षमा पास्टर केशरबहादुर श्रेष्ठ,सचिवमा रविन राई, सह–सचिवहरुमा डा निमा तामाङ, पा.कबिन्द्रमणी राई मोरङ, पास्टर प्रेमबहादुर सोमै नवलपुर, पास्टर धनबहादुर तामाङ धादिङ, पास्टर याम दियाली ललितपुर जिल्लाका छन् कोषाध्यक्षमा आरती तामाङ,सह–कोषाध्यक्षमा प्रिस्किला बराइली रहेकी छन् भने सदस्यहरुमा पास्टर किरणकुमार धिमाल,जानुका आचार्य, राधा संग्रौला र हरि राई छन् भने सल्लाहकारमा डा.रतन राउत चयन भएका छन् । बुधबारे एनइबिसी चर्च भवनमा भएको दोस्रो दिनको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका…

Read More

झापा । नेपाली ख्रीष्टियन नागरिक संघको ८ औं वार्षिक साधारण सभा सफलताको लागि कोशी प्रदेश प्रमुख परशुराम खाप्ङले शुभकामना दिनुभएको छ । मंगलबार र बुधबार दुइ दिने चलेको बार्षिक साधारण सभा सफलताको लागि मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ । कोशी प्रदेश प्रमुख खापुङले भन्नुभएको छ, “नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक भएको सुन्दर देश हो ।” उहाँले भन्नुभएको छ,“देशभित्र रहेका विविधायुक्त जातीय, भाषिक, सास्कृतिक तथा धार्मिक समुदायवीचको आपसी सद्भाव र एकताले ने राष्ट्रिय एकता बलियो बनाएको छ भन्ने हामी सबैले अनुभूत गरेका छौ ।” यसैक्रममा नेपाली ख्रीष्टियन नागरिक संघको ८ वार्षिक साधारण सभा २३, २४ दुई दिन हुने खबरले…

Read More