काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै…
Author: सन्देश पोस्ट
२३ जेष्ठ २०८०, मंगलवार, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणको उपाधि जितेको छ । बी डिभिजनबाट बढुवा भएकै सिजन चर्च ब्वाइजले उपाधि जित्यो । मंगलबार दशरथ रंगशालामा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेर उपाधि पक्का गर्दासम्म चार महिनासम्म चलेको लिगमा चर्च ब्वाइजले धेरै उतार चढाव भोग्नु परेको थियो । ‘च्याम्पियन हुँदासम्म हाम्रो टिमले धेरै उतारचढाव भोगेको छ, हामीले बिचमा २ खेल प्रशिक्षक बिना पनि खेल्नु पर्यो । त्यो बेला हाम्रो टिमको आत्मविश्वास धर्मराइसकेको थियो’, कप्तान अनन्त तामाङले थ्री स्टारसँगको खेलमा बराबरीपछि भने । नेपाली मुलका अमेरिकी नागरिक प्रदिप हुमागाईँको प्रशिक्षणमा लिग सुरु गरे…
काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइनेको बताइएको छ। गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेकोमा विधान बाधक रहेको थियो । एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको बताइएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ । सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ । कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा…
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११:११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ । आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन । सोमबारको प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो । आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो ।
मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले मेचीनगरको धाइजनमा आजदेखि धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सुरु भएको छ । मेचीनगर- १४ को आयोजना रहेको सास्कृतिक महोत्सवको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेलले आज उद्घाटन गरेकी हुन । जेठ ३१ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुरेश बुढाथोकीले जानकारी दिए । मेचीनगर−१४ धाइजन चोक उत्तरमा रहेकाे महोत्सवमा २० वटाबढी स्टल रहेका छन् । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए । महोत्सव अवधिभर राष्ट्र्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक…
मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र बुधबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुन दुई दिन थपिएको हो । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी २३, २४ गते (मंगलबार र बुधबार) विद्यालय विदा दिइएको जानकारी दिएका छन् । पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ ।
मेचीनगर । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर वडा नं.४ को आयोजनामा नवकिरण युवा क्लवको परिसर आसपासमा मेचीनगर प्रमुख गोपाल बुढाथोकी र वडा अध्यक्ष अर्जुन कार्कीको बहुलीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। विश्व वातावरण दिवसको अवसरमा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्किको नेतृत्वमा फुल्ने शिरीषको फूल प्रजातिका बिरुवा वृक्षारोपण भएको छ। उक्त वृक्षरोपण क्रममा हाल उच्च गर्मी र तापको कारणले सुख्खा जमिन भएकोले ६ वटा मात्र रोप्ने र बाँकी पानी झरी मौसममा रोप्ने अध्यक्ष कार्कीको भनाइ छ। कम्तिमा १५ वटा बिरुवाहरु रोप्ने र यस्तो बिरुवा रुखहरु सडक खण्ड सबैठाउँमा रोप्ने…
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी…
काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ । सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ । यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ । हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म…