काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ । उक्त गाडी कारलाई ठक्कर दिएर नजिकै रहेको घरमा बज्रिन पुगेको थियो । शनिबार दिउँसो साढे २ बजेको समयमा नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर ०१ पीसल नम्बरको भारतीय कारलाई बा २ ख ९३९३ नम्बरको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त घर धनिको विवरण खुलिसकेको छैन । घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । गाडी ठक्कर दिएका चालक भने फरार छन् ।
Author: सन्देश पोस्ट
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको रूपमा रमेश लेखकले ‘प्रश्न उठेपछि राजीनामाले छानबिनमा सघाउनुपर्छ’ भनी दृष्टान्त पेश गर्नुभएको थियो। सोही कुरा स्मरण गराउँदै उहाँलाई यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग गर्न माग गर्छौँ ।” रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मानव तस्करीमा संलग्न रहेको भन्ने कुरा सार्वजनिक…
झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए। कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्। प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले…
– होमराज राई, आँगन छेउमा रहर लाग्दा लटरम्म फलेका झुप्पाहरु, आमा थालमा भात पस्किदै थिइन्, र जुनेली सपना बुन्दै थिइन् सुन्दर शहरको …….।, छोरी, तिमी त पढेकी छौ, अब त जागिर खोज्नुपर्छ नि….?, आमाले मुसुक्क हाँस्दै माया गर्दै जिस्केर भनेकी थिइन्। केही महिनापछि त्यही आमाको माया र जिम्मेवारी बोकेर जुनेली राजधानी छिरिइन्। एक जना गाउँकै चिनजान दाईकोमा बसिन् उनी। केही दिनपछि, एउटा अनजान मान्छे भेटियो । जागिरको खोजिमा गाउँबाट आएको सम्झि ऊ आफैँले जागिर लगाइदिने भनेर नजिकियो। ऊ मुस्कुराउदै भनि तिमी जस्ती पढेकी केटीलाई म एउटा राम्रो रेष्टुरेन्टमा काम दिलाउँछु।जुनेलीलाई विश्वास लाग्यो। उसले आफ्नो प्रमाणपत्रहरू देखाइन्। भोलिपल्ट बिहान उसैले एउटा…
एजेन्सी। गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा रातभर भएको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गएको छ।एसोसिएटेड प्रेसका एक स्थानीय पत्रकारका अनुसार सहरमा रातभर १० भन्दा बढी हवाई आक्रमण भएका थिए। अस्पतालको शवगृहमा ल्याइएका धेरै शव पहिचान गर्न कठिन अवस्थामा रहेका छन्। केही शव टुक्रा–टुक्रा अवस्थामा फेला परेका थिए भने केही बोरामा राखिएका अवशेष मात्र थिए। यो आक्रमण इजरायलद्वारा बुधबार गरिएको व्यापक सैन्य कारबाहीको निरन्तरता थियो, जसमा करिब दुई दर्जन बालबालिकासहित ७० जनाको मृत्यु भएको थियो। पछिल्ला दिनहरूमा गाजा क्षेत्रमा हिंसात्मक घटना तीव्र बन्दै गएको छ, र मानवीय संकट झनै गहिरिँदै गएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व…
नयाँ दिल्ली। भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन्। यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ। उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो। मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए। जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ ।…
काठमाडौं । दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरु अमेरिका पुगेका छन्। तर, दक्षिण अफ्रिकी सरकारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । उसले शरणार्थी कानुनअनुसार उनीहरूलाई शरण दिनुपर्ने कुनै आधार नभएको जनाएको छ । ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा श्वेत किसान लक्षित जातीय हत्या र जग्गाको मुआब्जा नदिई जफतसमेत गर्न लागिएको आरोप लगाएको छ । ट्रम्प प्रशासनले अन्य धेरै मुलुकका शरणार्थीहरूको प्रक्रिया रोकिरहेको समयमा उक्त समूहलाई विशेष प्राथमिकता दिएको छ । डालस विमानस्थलमा अमेरिकी झन्डा र रङ्गीन बेलुन राखेर उनीहरूलाई स्वागत गरिएको थियो । उता, संयुक्त राष्ट्र…
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
काठमाडौँ । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’
भ्याटिकन : भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्। उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो। मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्यो। नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए। यसअघि मे…