Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Read More

काठमाडौँ। दक्षिणी गाजामा दुई इजरायली र पाँच थाई नागरिकसहित सात जना बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ । प्यालेस्टिनी लडाकुहरूले गाजामा बन्धक बनाएका दुई इजरायली र पाँच थाई नागरिकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको हो । २९ वर्षीय अर्बेल येहुद र ८० वर्षीय गादी मोजेसलाई दक्षिणी गाजाको खान युनिसमा हस्तान्तरण गरिएको थियो। दुवै इजरायली नागरिक हुन्। प्यालेस्टिनी इस्लामिक जिहादले पहिले उनीहरूको भेट र अँगालो हालेको श्रब्यदृश्य (भिडियो )प्रकाशित गरेको थियो। न्युज अफ नेपाल

Read More

उत्तर प्रदेश । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् । प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै जानकारी दिएको थिएन । महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’ घटनाको कारण बताउँदै उनले भने, ‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर…

Read More

काठमाडौं । काठमाडौंमा समाजवादी मोर्चाले चैत २४ गते बृहत् आमसभा गर्ने निर्णय गरेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । नेकपाका प्रवक्ता विश्वकर्माका अनुसार- बैठकले सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेकाे छ । चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको छ ।

Read More

मेचीनगर । झापाको मेचीनगर पालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको अवस्थाका बारेमा जानकारी गराएको छ । नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षता सोमबार बसेको अधिवेशनमा नगरसभाको दोस्रो नगरसभा छैठौं अधिवेशनबाट आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम एबम् कार्यससूचीहरू उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत पेश गरेकी थिइन् । चालु आर्थिक वर्ष २०८१/०८२ को लागि कुल अनुमानित आय २ अर्व १५ करोड ७० लाख २५ हजार १ सय ९३ रुपैयाँ मध्ये चालु तर्फ ९३ करोड ७८ लाख ४६ हजार ९१९ एवम् पूँजीगत तर्फ १ अर्ब २१ करोड ९१ लाख ७८ हजार २…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन्। आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । उनले भने, ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ।’ संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने मुख्यमन्त्री कार्कीले औंल्याए । आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुशिक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए। सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए…

Read More

काठमाडौँ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार सो आदेश दिएका हुन् । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

Read More

१२ माघ, मेचीनगर । मेचीनगर लेडी जेसीजले ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको छ । शुक्रबार जेसीजको पहिलो कार्यक्रम अन्तरगत ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको हो । उक्त तालिमको उद्घाटन मेचीनगर–१० का वडाध्यक्ष एवम् मेचीनगर लेडी जेसीजको मातृ शाखा धुलाबारी जेसीजका पूर्व अध्यक्ष नारायण खनालले गरेका थिए । तालिममा सहभागीहरुलाई मेचीनगर–७ की वडा सचिव, धुलाबारी जेसीजकी पूर्व अध्यक्ष एवम् नेपाल जेसीज सन २००४ की रास्ट्रिय उपाध्यक्ष लक्ष्मी राईले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य, वोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको तालिम संयोजक शुष्मा राजबंशीले जानकारी दिइन् । मेचीनगर लेडी जेसीज…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन्। ट्रम्पले कोभिड–१९ को समयदेखि नै डब्ल्यूएचओको आलोचना गर्दै आएका थिए। यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।” अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् । डब्ल्यूएचओतर्फ संकेत गर्दै ट्रम्पले भने, “उनीहरूको धेरै इच्छा छ कि हामी फिर्ता होऔँ । त्यसैले हेरौँ के हुन्छ ।” अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा र मेक्सिकोमा नयाँ कर लगाउने घोषणा गरेका…

Read More

काठमाडौं । विभिन्न भाका र शब्यहरुमा नेपाली बजार तताई रहेकाे अवस्थामा साेनराकि प्राेडक्नकाे प्रस्तुतिमा शुन्दर मगरले बिलकुलै नयाँ साङ्गीतिक काेसेलि ” मन ” लिएर आएका छन्। उपत्यका र आसपारकाे स्थानमा छायांकन गरिएकाे ३ मिनेटकाे साङ्गीतिक भिडियाेमा शुन्दर मगर र पम्फा चाम्लिङ राईकाे आवाजमा रहेकाे छ भने शब्द, सङ्गीत समेत शुन्दर मगरकाे रहेकाे छ। यस्तै, यस गीतकाे भिडियाेलाई JB Motu ले डाइरक्सन गरेका छन् भने याे गीतकाे भिडियाेमा माेडलकाे रुपमा भने प्रकाशदिप तिमल्सिना र मिकु चाम्लिङलाई देख्न सकिन्छ। उक्त “मन” साङ्गीतिक काेसेलिमा तयार पारिएकाे भिडियाेकाे काेरियाेग्राफ तथा भिडियाे सम्पादन भने सुमन बुढाथाेकिले गरेका छन् भने, शुन्दर मगर नामक युटुब च्यानलमा याे…

Read More