Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन अवरोध हटाउन छलफल शुरू गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् । घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्नसमेत आग्रह गरेका छन् । हिजो (आइतबार) सदनको अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सभामुखले हिजो साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले…

Read More

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको छ। बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरूद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त इजलासले अल्पकालीन अन्तरिम आदेशबाट नयाँ ऐन तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न र रिटका दबै पक्षलाई बहसमा समेत बोलाएको छ। कमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ । बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रूट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजो (शनिबार) बसेको संसदीय दलको बैठकको निर्णयानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत बंगलादेशको सिमासम्म पहुँच पुर्याउनका लागि नेपालले कालापानीको भू–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आइतबारको संसद् बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले…

Read More

झापा । नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो। पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ। यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ। यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ। शून्य कोलेस्ट्रोल यो पानी अतयन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पर्दाथ हो। यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ। त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ। मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन्। एक अध्ययन अनुसार नरिवल…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। पहाडी भू-भागको ‍एक-दुई स्थानमा भने मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। पहाडी भूभागमा मात्रै छिटफुट वर्षाको सम्भावना रहेकाले तत्काल तापक्रम घट्ने सम्भावना नरहेको पनि उनले बताइन्।…

Read More

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा आइतबार र सोमबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा पुन दुई दिन थपिएको हो ।  मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी आइतबार र सोमबार विद्यालय विदा दिइएको जानकारी दिनुभएको छ । पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ । जसका कारण यसअघि पनि नगरपालिकाले सुचना निकाल्दै दुई दिन विदा दिएको थियो । 

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् । उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

Read More

देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८० जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ। यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो। उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन्। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भारतीय…

Read More

विराटनगर । नयाँ नागरिकता ऐन अनुसार आइतबारदेखि नागरिकता प्रमाणपत्र वितरण सुरू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण सुरू भएको छैन। जिल्ला प्रशासन कार्यालयहरू गृह मन्त्रालयको परिपत्र कुरेर बसेका थिए। गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेपछि मुलुक भरका जिल्ला प्रशासनहरूले आइतबारदेखि नागरिकता वितरण थाल्ने भएका हुन्। ‘आज हामीले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेका छौं,’ गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले भनिन्, ‘ऐन २०७८ को नियमावली अनुसार जारी भइसकेको छ। अब सोही नियमावली…

Read More

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित भव्य समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए । इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । इन्गेजमेन्टपछि आयोजित पार्टीमा अन्य अतिथि रमाइरहेको देख्न सकिन्छ । तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी…

Read More