झापा । नेपाली ख्रीष्टियन नागरिक संघ र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भेटघाट सम्पन्न भएको छ । आज शुक्रबार नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा गई भेटवार्ता भएको हो । आगामी जेष्ठ २४ गते हुन लागेको नागरिक संघ केन्द्रीयको ८औ साधारण सभाको लागि विशिष्ट अतिथिको रुपमा निमन्त्रणा पत्र बुझाएको छ।झापाको बुद्वशान्ति गाउँपालिका २ बुधबारे इविसि चर्च भवनमा संघ साधारण सभा हुने भएको नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला उपाध्यक्ष गोरखमान राईले बताए । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा संघका केन्द्रीय उपाध्यक्ष केशरबहादुर श्रेष्ठ, सचिव रबिन राई, कोषाध्यक्ष आरती तामाङ र…
Author: सन्देश पोस्ट
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका थिए।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी अफ्ठ्यारो अवस्थामा गुज्रिएको बताएका छन् । छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् । आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो भनेर प्रश्नसमेत गरेका छन् । सबैको नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार…
झापा । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि…
मेचीनगर । झापाको मेचीनगरबाट चर्च तथ्याङ्क संकलन सुरु भएको छ । बाहुण्डाँगी चौकीले हिजोबाट सुरु गरेको उक्त धार्मिक स्थल भवनहरुको स्थापना कहिले, कहाँ र धार्मिक पूजारीको बारेमा र डाटा तथ्याङ्क संकलन गरिएको स्थानिय बाहुँण्डागी चौकीका सहायक हवलदार श्याम माझीले जानकार गराएको हो । बाहुँण्डागी चौकीका सहायक हवलदार माझीका अनुसार मेचीनगर ४ मा मन्दिर ३ वटा र चर्च भवन २ वटाको तथ्याङ्क संकलन भएको छ। मेचीनगर ४ बाहुण्डाँगी चौकीले पछिल्लो समयहरुदेखि नै प्रत्येक वर्ष चर्च तथ्याङ्क संकलन गर्दै आएको छ तर स्थानीय ख्रीष्टियन धर्मावलम्वीहरुको भनाई अनुसार खास कारण भने आफूहरुले थाहा नभएको बताए । चर्च भवनहरुको तथ्याङ्क डाटा संकलन गर्नु पर्ने…
झापा । छिमेकी राष्ट्र भारतले नेपालको भूभाग समेत समेटेर ” अखण्ड भारत” को नक्सा जारी गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र अखण्ड भारतको नक्सा जलाएको छ। भारतले हालै जारी गरेको उक्त “अखण्ड भारत” को नक्सामा नेपालको विराटनगर , कपिलवस्तु र लुम्बिनी समेटेको छ । उक्त कार्यको विरोध गर्दै आज विप्लव निकट विद्यार्थी संगठनले झापा , इलाम र पाँचथरका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अखण्ड भारतको नक्सा जलाएको हो । झापामा भएको उक्त विरोध तथा पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै झापा जिल्ला अध्यक्ष विनोद सीले नेपाल…
विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छन् । मेयर शाहका अनुसार…
विराटनगर । प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गरिरहेका छन् ।
काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।