झापा । छिमेकी राष्ट्र भारतले नेपालको भूभाग समेत समेटेर ” अखण्ड भारत” को नक्सा जारी गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र अखण्ड भारतको नक्सा जलाएको छ। भारतले हालै जारी गरेको उक्त “अखण्ड भारत” को नक्सामा नेपालको विराटनगर , कपिलवस्तु र लुम्बिनी समेटेको छ । उक्त कार्यको विरोध गर्दै आज विप्लव निकट विद्यार्थी संगठनले झापा , इलाम र पाँचथरका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अखण्ड भारतको नक्सा जलाएको हो । झापामा भएको उक्त विरोध तथा पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै झापा जिल्ला अध्यक्ष विनोद सीले नेपाल…
Author: सन्देश पोस्ट
विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छन् । मेयर शाहका अनुसार…
विराटनगर । प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गरिरहेका छन् ।
काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गर्नुभयो । कमला-ढल्केवर-पथलैया, बुटवल-गोरुसिङ्गे, काँकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ । यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उहाँले बताउनुभयो । पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु ३१ अर्ब दुई करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले जानकारी दिनुभयो । नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक…
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन् । गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए । स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने…
मेचीनगर । १६ औं गणतन्त्र दिवसका अवसर पारेर प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बाल सुवोधनी मा. वि. मेचीनगर १४ का छात्र रमेश नेपाल प्रथम भएका छन् । ‘गणतन्त्र स्थापनामा प्रेसको भूमिका’ विषयक प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले प्रथम स्थान सुरक्षित गरेका हुन् । मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा नगर क्षेत्रका आठ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । जसमा कवि शिरोमणी मा. वि. की छात्रा उषा निरौला द्धितिय भइन् भने एभरेष्ट भ्यू इङलिस बोर्डिङ स्कुलकी सन्ध्या कट्टेल त्रितिय बन्न सफल भइन् । उनीहरुलाई क्रमश नगद तीन हजार, दुई…
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको…
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने नाम राख्न उनले माग गरेका हुन् । ‘प्रदेश सभाबाट प्रदेश नम्बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुन: नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन् ।