Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं, कोशी प्रदेशको नामकरणविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। आइतबार दिउँसो माइतीघर मण्डलमा पहिचानपक्षधरहरूले प्रदर्शन गरेका हुन्। प्रदेश सभाले कोशी नामकरण गरेयता विभिन्‍न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। माइतीघरमा पनि पटकपटक प्रदर्शन हुँदै आएका छन्।  उनीहरूले प्रदेशको नाम पहिचान झल्किने गरी राख्नुपर्ने माग गरेका हुन्। किराँत सभ्यता झल्किने नाम राख्नुपर्ने उनीहरूको माग छ। विराटनगरमा पनि दिनभर प्रदर्शन भएको थियो। जसक्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको थियो। त्यहीबीच जारी रहेको प्रदेश सभामा पनि सांसदहरूले आन्दोलनरत प्रदर्शनकारीहरूसँग वार्ता गर्नुपर्ने माग उठाएका थिए। त्यसका लागि समिति समेत गठन गर्न माग भएको थियो।

Read More

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो । प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । झडपमा परी ५८ जना घाइते भएका छन् । नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी जम्मा ५८ जना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले बताए ।…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…

Read More

काठमाडौं । नेकपा एमालेले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक समारोहकाबीच उनलाई सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बुढा मगरको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए । मान्छे साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गरेकाले सम्मान गरेको पनि ओलीले बताए । ‘हरि बुढा मगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गर्‍यो…

Read More

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक कहिलेसम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । नामकरणको विपक्षमा रहेका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले आइतबार प्रदेशसभा बैठकस्थलबाहिर प्रदर्शन गरेका थिए । प्रदेशसभा क्षेत्रलाई निषेधित क्षेत्र तोकेर ठूलो संख्यामा प्रहरी परिचालन गरेर आइतबार प्रदेशसभा बैठक सञ्चालन गरिएको थियो । कांग्रेस नेता थापाले फेरि पनि सुरक्षा घेराभित्र बसेर सभा सञ्चालन गर्न नैतिकताले नदिने बताए । वार्तामार्फत समस्या समाधान गर्न माग गर्दै थापाले सरकारलाई प्रश्न गरे, ‘कहिलेसम्म सुरक्षा घेरामा रहेर अधिवेशन सञ्चालन गर्ने ?’ आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न…

Read More

काठमाडौं । नेपाली फिल्मकी सफल अभिनेत्री विपना थापालाई ‘यूग नायिका’को उपाधि प्रदान गरिएको छ । काठमाडाैँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्यूजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो उपाधि प्रदान गरिएको हो । विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् । टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विपनाको डेब्यू फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले विपनालाई उपाधि प्रदान गरेका थिए । आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा भएका कार्यक्तममा प्रभु बैंकको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लगेको हो । प्रधानमन्त्रीको भारत भ्रमण र आर्थिक वर्ष ०८०÷८१ को बजेटबारे बैठकमा छलफल हुने बताइएको छ । यहीँ जेठ १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गरिएको छ भने सरकारका तर्फबाट भोलि (सोमबार) अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । बैठकलगत्तै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र कुटनीतिज्ञसँग परामर्श गर्ने कार्यतालिका छ ।बैठक विहान ११ बजे सुरुभएको छ ।

Read More

बारा । बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपिया हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए।

Read More

काठमाडौँ। मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Read More

काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका-१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्का रहेका छन् । पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्बिरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्बिरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्कालाई साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी…

Read More