Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उनले भने । चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाँङ्कन गरिएको निर्माता लामाले बताए । निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ…

Read More

एजेन्सी । अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ । आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ । यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ ।

Read More

काठमाडौँ । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ । दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई सोधपुछ नगरेको प्रति असन्तुष्ट जनाएका छन । प्रकरणमा मुछिएका सबैलाई सोधपुछका लागि कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानविन गर्न माग गरेको हो । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले मुछिएका मान्छेहरु हेर्नुस, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ उनले भने…

Read More

काँकरभिट्टा । काठमाडौंबाट शुरुभएको राष्ट्रब्यापी प्रार्थना मोटरसाइकल यात्रा समूहलाई झापाको मेचीपुलमा मेचीनगर ईसाई समाजद्धारा स्वागत गरेका छन् । गुड न्यूज राइडरको आयोजनामा वैशाख ३१ देखि जेठ १३ सम्म ‘राष्ट्रव्यापी प्रार्थना यात्रा’ भइरहेको छ । राष्ट्रब्यापी प्रार्थना मोटरसाइकल यात्राको मुख्य उद्धेश्य पहिलो प्रार्थना, दोस्रो सुसमाचार र तेस्रो संगती भएको अभियानका नेतृत्व डा.बि.पी.खनालले बताए । देशको शान्ति समृद्धि, सुशासन र एकताको लागि निरन्तर प्रार्थना भइरहेको खनालको भनाइ छ । यस अभियानमा सात वटै प्रदेशलाई नेतृत्व गर्दै १४ जनाले सहभागीता जनाएका छन् । यो अभियान काठमाडौंबाटशुरु भएर महाकालीहुँदै मेची – काठमाडौंमा पुगेर सम्पन्न गर्दा करिब ३७ वटा जिल्ला पुग्ने लक्ष्य रहेको छ ।…

Read More

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ । लक्की ड्र विजेता भनेर सूर्यको फोटोसहित समाचार प्रकाशित गरेको अनलाइनमा उनको पूरा नाम र नेपालको ठेगाना भने उल्लेख छैन । अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ । उक्त अनलाइनसँगको कुराकानीमा सूर्यले…

Read More

काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसिसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । एमसिसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्त २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाका बारेमा जानकारी लिन एमसिसीका पदाधिकारीको भ्रमण भएको सचिवालयले बताएको छ । भेटघाटका क्रममा एमसिसी नायब उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति…

Read More

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे-लप्सीफेदी- हेटौंडा- नयाँ दमौली-नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले बोलपत्र आह्वान गरेको थियो । सोमबार बोलपत्रहरू खोलिएको छ । जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्रबारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ । प्रसारणलाइन निर्माणका लागि…

Read More

प्यूठान । वनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसेपछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भईसकेको छैन । यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीवाट कति क्षति भयो ? त्यसको…

Read More

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्ममिति देखिएपछि जन्मदर्ताको सक्कल मगाउन आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्मदर्ताको सक्कल माग गरेको हो । अस्पतालबाट प्राप्त कागजात र स्थानीय निकायबाट प्राप्त कागजातमा जन्ममिति फरक देखिएकाले प्रमाण बुझ्न सक्कल जन्मदर्ता माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…

Read More