Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशि देखि सामान्य बदली रहनेछ । यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले शतर्क रहन जल तथा मौसम…

Read More

काठमाडौँ। घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। मगरले शुक्रवार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्। यससँगै घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्। मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो। उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए। दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा…

Read More

काठमाडौं । हलिउड फिल्म ‘जोन वीक’ आधिकारिकरुपमै एक बिलियन डलर कमाउने फ्रेन्चाइजी बनेको छ । केनु रिभ्स स्टारर लायन्सगेटको यो एक्सन शृंखलाका विश्वब्यापी ४१ बिलियन वटा टिकट विक्री भएका छन् । विश्व बक्सअफिसमा अब यसको कूल कमाई १.०११ बिलियन डलर पुगेको छ । ‘जोन वीक’को चौंथो श्रृंखलाले अहिलेसम्म ४२५ मिलियन डलर कमाएको छ जुन सिरिजकै उच्चतम कमाइ हो । सय मिलियन डलरमा निर्माण भएको यो फिल्मले गत मार्चमा ७३.५ मिलियन डलरको ओपनिङ गरेको थियो । जोन वीकले प्रत्येक श्रृंखलासँगै कमाइमा सफलता प्राप्त गरिरहेको छ । सन् २०१४ मा रिलिज भएको पहिलो श्रृंखलाले ८६.१ मिलियन डलर कमायो । सन् २०१७ मा…

Read More

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले कक्षा ११ मा पढ्दै गरेका छात्राहरुलाई शनिवार साइकल वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ को माबि खयरसाल र वडा नम्बर ६ को कपिलाकोट माविमा कक्षा ११ मा पढ्दै गरेका १६० जना छात्राहरुलाई साइकल वितरण गरेको हो । एसइई दिएपछि बिचैमा पढाई छोड्ने छात्राहरुको पढाईलाई निरन्तरता गराउन कक्षा ११ मा भर्ना भई पढ्दै गरेकाहरुलाई साइकल वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । शनिवार एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो । गाउँपालिकाले साइकल दिएपछि क्याम्पस आउन जान सहज हुने भन्दै छात्राहरु खुसी भएका छन् । साइकल वितरण गर्दै…

Read More

मेचीनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डाःतोसिमा कार्कीले कुशल राजनीतिक गर्न चाहेको बताएकी छन् । आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा रास्वपाको मेचीनगर कमिटीको अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले यस्तो कुरा बताएकी हुन् । ‘कुशल रानीतिमा दर्शन र विचार गौन हुन्छ’, कार्कीले भनिन्–‘इमान र आचारण ठुलो कुरा हो । वर्षैँसम्म दर्शनको राजनीति गर्ने ठुला पार्टीहरुले अहिलेसम्म जनताका लागि केहि गरेनन् । त्यसैले देश र जनताका लागि अब हामी कुशल राजनीतिक गर्छौँ ।’ कार्यक्रममा रास्वपाकी सचेतक एवम् सांसद निशा डाँगीले अरु दलको जस्तो चिल्लो भाषण, मिठो कुरा र झुटो कुरा नगर्ने बताइन् । उनले…

Read More

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो । फिनालेमा सबै आठजना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराएका…

Read More

काठमाडौं । पूर्वसांसद आङटावा शेर्पा घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीसँग कारण सोधेको छ । जेठ १ मा साँझ प्रहरीमा आत्मसमर्पण गरेको शेर्पा भोलिपल्ट बिहान साढे ३ बजे घाइते भएका थिए । पूर्वसांसद शेर्पा शौचालयमा लडेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए । आयोगले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेर सो घटनाबारे कारण सोधेको छ । घटनाबारे उजुरी आएको र त्यसबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले रातोपाटीलाई बताए । डा.पोखरेलले भने– ‘प्रहरी नियन्त्रणमा रहेका शेर्पा घाइते भएकोबारे हामी हेरिरहेका छौं, निष्कर्षमा पुगेका छैनौं ।’ प्रहरीले बिहान साढे ३ मा उनी लडेको दावी…

Read More

काठमाडौं, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको फिल्म ‘फर्की फर्की’मा जोडी बाँधिने भएको छ । ‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । शुक्रबार दिउँसो निर्माता रोहित अधिकारीले अनमोलसँग कागजी सम्झौता गरेका हुन् । जसिताभन्दा भने केही हप्ताअघि नै सम्झौता भैसकेको छ । आगामी भदौ छेकोबाट छायांकनमा जान लागेको फिल्मको निर्मातामा रोहित अधिकारीसँगै ओम अग्रवाल र श्याम कँडेल रहेका छन् । मनोज वली र राम न्यौपाने सह-निर्मातामा छन् । रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टीभीबीच सहकार्य भएको फिल्मको कथा तथा पटकथा निर्देशक गुरुङले तयार पारेका हुन्…

Read More

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए । भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको…

Read More

काँकरभिट्टा, ४ जेठ । मेचीनगरमा जिल्ला प्रहरी कार्यालय झापाकाे आयाेजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । समुदाय, प्रहरी र साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयमा नागरिकका कामहरु कसरी सहज बनाउने भन्ने विषयमा विभिन्न सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । विहिबार मेचीनगर-६ स्थित काँकरभिट्टाकाे खानेपानी सभाहलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम विभिन्न व्यक्तिले सुझावहरु राखेका थिए । कार्यक्रमका सहभागीले प्रहरी मेरा साथीको नारालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए। सिमा नाकामा हुने चोरी निकासी, लागुऔषध प्रयोग कर्ताको हैरानी, प्रहरीको अनावश्यक झन्झटिलो व्यवहारका कारण जनताले पाएका दुख, प्रहरी र नागरिककाे सहकार्य भएमा समाज राम्रो ह्रुने सुझाव दिएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका…

Read More