Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं। भुटानी नेता टेकनाथ रिजाललाई भोलिसम्म हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनलाई प्रहरीले दिउँसो जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएपछि प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा…

Read More

मेचीनगर । भारतको नक्सलबाढी छेउ क्वाटरमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएको हो । विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको सुमोधनी विनोद तामाङले जानकारी दिए । उनले नक्सलबाढी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको बताएका…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टचारको विरोधमा आज प्रर्दशन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो । राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रका अनुसार बसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ । यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ । अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ,  उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर संसारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ संगठन जघन्य…

Read More

काठमाडौं। जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् । जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले…

Read More

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् । लगानीकर्ताहरुले वर्षौंदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अबरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरुको भलो नहुने उनीहरुको भनाइ छ । कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रिन बाध्य हुने लगानीकर्ताहरूले चेतावनी दिएका छन् । सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरुले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् । लिखित…

Read More

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै  नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका…

Read More

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

Read More

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको छ । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन इन्कार गरेको हो । सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै…

Read More

न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरूले नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट भ्रष्टाचारीहरुलाई  बहिस्कार गर्नु पर्ने बताएको हो । नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गिरेको  भन्दै मञ्चले यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले नेपालमा उदांगिएको  नक्कली भुटानी शरणार्थी  प्रकरणले  भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको  स्वाभिमान र शीरसमेत…

Read More

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन् । पक्राउ पुर्जी जारी हुनुअघि देखिनै फरार रहेका शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ । उनीविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्य बनेका थिए ।

Read More