चुरोट नपिउनेसूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ। चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ। राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ। पोषण युक्त खाना खानेछाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा बढी उमेरको देखिन्छ। बढी गुलियो खाना नखानेबढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ। पर्याप्त पानी पिउनेशरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ। प्रशस्त पानी पिउदा…
Author: सन्देश पोस्ट
झापा । दहीको नियमित प्रयोग स्वास्थ्यको लागि फाइदाजन हुने देखिएको छ । दहीमा पोषक तत्व हुन्छ । दही खान पेटको लागि फाइदाजनक छ । दहीमा प्रोटिन क्याल्सियम, राइबोफ्लेविनको साथै भिटामिन वि ६ र भिटामिन वि १२ जस्ता पोषक तत्व पाइन्छ । दहीमा भएको लाभदायक ब्याक्टोरिया तपाईलाई स्वस्थ रहन मदत गर्दछ । साथै गर्मीको समयमा दही र दहीबाट बनेको चिजबाट पेटलाई चिसो बनाउनुको साथै अन्य समस्याबाट पनि बचाउछ । दहीले मुख भित्रको छालामा आउने मसिना खाले खटिरामा दिनमा दुई पटक लगाउनाले ठिक हुन्छ । दही र महलाई समान मात्रामा मिलाएर बिहान बेलुका सेवन गर्नाले यस्तो समस्या ठिक हुन्छ । दही खादाका…
काठमाडौं , जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोही मुद्दामा अन्य चारजनालाई पनि सजाय सुनाइएको छ भने एकजनाले सफाइ पाएका छन् । विशेष अदालतले सिन्हालाई ६ महिना कैद हुने फैसला गरेको छ । उनलाई एक लाख ४६ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा उति नै रकम असुलउपर गर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए । विशेषका न्यायाधीशद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले सोमबार यस्तो आदेश दिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका सब इन्जिनियर राकेशकुमार महतोलाई पनि…
नेपाली कांग्रेस कोशी प्रदेशका सांसदहरूले केन्द्रमा एउटा र प्रदेशमा अर्को सत्ता गठबन्धनको कल्पना पनि गर्न नसकिने बताउँदै ‘सबैलाई भाग पुर्याउने गरी अघि बढेको’ छलफल तत्काल रोक्न माग गरेका छन्। आफ्नै पार्टी केन्द्रका प्रभावशाली नेताहरूले नै सबै दलले मुख्यमन्त्रीको पालो पाउने गरी ‘राष्ट्रिय सहमतिका आधारमा प्रदेश सरकार बनाउने’ छलफल अघि बढाएपछि कांग्रेस कोशी प्रदेशका सांसदहरूले यस्तो माग गरेका हुन्। कोशी प्रदेशको प्रतिकूल गणितलाई आधार बनाउँदै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहितको टिमले यस्तो प्रस्ताव अघि सारेको कांग्रेस नेताहरूले नै बताएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कार्कीसमेतको सहमतिमा यस्तो छलफल अघि बढाइएको बताउँदै कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीले भने,…
काभ्रे । आइतबाररातिको वर्षापछि आएको बाढीले अवरुद्ध विपी राजमार्ग खुलेको छ । विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो । सडकको लेदो हटाएर सडक खुलेको प्रहरीले जनाएको छ । कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ । लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको उनले बताए ।
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नेपाली कांग्रेसबाट विसं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा सामाजिक एवं साहित्य क्षेत्रमा सक्रिय पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा मिति २०८० साल वैशाख २९ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप लागेपछि राईलाई गत शुक्रबार शुभम् फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन…
ढाका । केही बेरमा आउने ‘मोखा आँधी’ का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न विवस भएका छन । देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ । सो राक्षसी आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत…
काठमाडौं । बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन । ‘अहिले कोशी र मधेश प्रदेशमा बदली बढेको छ । तर त्यसले मात्रै पानी पार्ने होइन,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सन्जिव अधिकारीले भने, ‘स्थानीय वायु र पश्चिमी वायु पनि हिजो अस्तीको भन्दा सक्रिय भएकाले दिउँसोमा काठमाडौं उपत्यकासहित…